कोलकाता, 17 फरवरी: पश्चिम बंगाल सरकारले करोड़ौं रूपियाँको राशन वितरण भ्रष्टाचार मामिलामा संलिप्तताको आरोपमा जेलमा बन्द ज्योतिप्रिय मलिकलाई वन मन्त्रीको पदबाट हटाएको छ। उनको स्थानमा यो विभाग बीरबाहा हांसदालाई दिइएको छ। हांसदा वन एवं स्वयं सहायता-स्वरोजगार समूह (स्वतन्त्र प्रभार) राज्य मन्त्री हुन्।
एक वरिष्ठ अधिकारी अनुसार, मलिकको एक अन्य विभाग सार्वजनिक उद्यम एवं औद्योगिक पुनर्निर्माण पार्थ भौमिकलाई सुम्पिएको छ। उनी सिंचाई एवं जलमार्ग विभागका प्रभारी मन्त्री हुन्। यो फसेला मुख्यमन्त्री ममता ब्यानर्जीको सुझाउ मुताबिक लिइएको हो।
राजभवनसित जोड़िएका एक अधिकारीले बताए, राज्यपाल सीवी आनन्द बोसले संविधानको अनुच्छेद 166(3) अन्तर्गत आफ्नो शक्तिहरूको उपयोग गर्दै मलिकलाई तत्काल प्रभावदेखि मन्त्रीको रूपमा उनको कर्तव्यहरूबाट मुक्त गरेका छन्। गत साल अक्टोबरमा प्रवर्तन निदेशालय (ईडी) ले कथित घोटाला मामिलामा धनशोधन निवारण अधिनियम अन्तर्गत मलिकलाई पक्राउ गरेको थियो। तबदेखि उनी थुनामा छन्।
