देहरादून, 31 जनवरी : उत्तराखण्ड छिट्टै नै समान नागरिक संहिता कानून लागू गर्ने पहिलो राज्य बन्नेछ।
यस सन्दर्भमा मुख्यमन्त्री पुष्कर सिंह धामीले भने, लोकसभा चुनाउअघि सरकारले राज्यमा यूसीसी लागू गर्ने तयारी गरिरहेछ। यसको निम्ति 03 फरवरीमा क्याबिनेटको बैठक पनि बोलाइएको छ। 02 फरवरीमा यूसीसीको निम्ति गठित कमिटीले सरकालाई आफ्नो रिपोर्ट सुम्पिने उनले स्पष्ट गरेका छन्। यसपछि 03 फरवरीमा क्याबिनेटको बैठक बोलाइएको छ। यसमा यूसीसीको ड्राफ्टलाई अनुमति दिनका साथ यसमा चर्चा गरिनेछ औं 05 फरवरीदेखि शुरू भइरहेको विशेष सत्रमा यूसीसी विधेयकलाई पारित गराएर राज्यमा लागू गरिने कार्य गर्नेछ।
