जयपुर, 4 फ़रवरी : जेलबाट हुर्किरहेको अपराधमाथि लगाम लगाउन अब जेल प्रशासनले कम्मर कसेको छ। अपराधलाई रोक्नको लागि जेल प्रशासनले बन्दीहरूका सुविधाहरूमाथि प्रहार गर्नेछ। सुविधाहरूमा कटौती सहित अन्य कठोर फसेलाहरूको कारणले जेलका बन्दीहरूमाझ भय व्याप्त हुनेछ अनि उनीहरूले जेलमा बसेर अपराधलाई परिणाम दिने बारेमा सोच्न पनि सक्ने छैनन्। बितेको एक वर्षको कुरा गर्नु हो भने जयपुर सेन्ट्रल जेल सहित अन्य जेलहरूबाट अपराधलाई परिणाम दिइएको दर्जनौं मामिला अघि आएको छ।
प्राप्त जानकारी अनुसार जेलमा लगातार मोबाइल भेटिएको सिकायतलाई मध्यनजर गर्दै अब खोजी अभियानलाई तीव्रता दिइनेछ। यस अतिरिक्त खानपान सहित जेलभित्र पठाइने सामानहरूको जाँचको घेरालाई पनि बढ़ाइएको छ। अपराधमा लिप्तताको घटना अघि आए हार्डकोर अपराधीलाई हाई सिक्योरिटी जेलसितै अन्य जेलहरूमा शिफ्ट गरिनेछ ताकि अपराधीहरूको अपराधको नेटवर्क ध्वस्त हुन सकोस्। नशा, एक्सटोर्शन सहित अन्य अपराध अघि आए अपराधीहरूमाथि थानाको पुलिसले पनि कारबाही गर्नेछ साथमा जेल प्रशासनले पनि सम्बन्धित अपराधीविरूद्ध कठोर कदम उठाउनेछ। जेलमा सजाय भोगिरहेका कैदीको अपराध सिद्ध भए वा संलिप्त रहेको तथा अन्य कसैबाट अपराध गराएको थाहा पाइए सम्बन्धित अपराधीको पेरोल, केन्टिन, ल्याण्डलाइन फोन सहित अन्य सुविधाहरूमाथि रोक लगाइनेछ। यस्ता अपराधीहरूलाई खुल्ला जेलमा पनि पठाइनेछ।
जेल प्रशासनको भनाइ छ, अण्डर ट्रायल बन्दी अपराधमा लिप्त भए उसलाई जेलमा दिइने सुविधाहरूमाथि रोक लगाइनेछ। यस बाहेक जेलमा बन्दीहरूली सुधार्ने दिशआमा पनि लगातार काम गरिँदैछ। जेलहरूमा बन्दीहरूलाई पढ़्नदेखि लिएऱ व्यापार गर्नेसम्म सुविधा दिइन्छ। तर हार्डकोर अनि अपराधिक प्रवृत्तिका बन्दीहरूमाथि लगातार निगरानीसितै अन्य कड़ाईपूर्वक व्यवहार पनि गरिनेछ। जेलमा बन्द बन्दीहरूलाई काममा पनि लगाइन्छ। यसको निम्ति जेल प्रशासनले नित्य नयाँ योजनाहरूमाथि काम गर्दै आएको छ। जेलका बन्दीहरूलाई काम दिनको लागि पेट्रोल पम्प अनि पसल खोलिएको छ। जेलभित्रै पनि विभिन्न उत्पादहरू उत्पादन गरिन्छ।
यस मामिलामा जयपुर कारागारका आईजी विक्रम सिंहले बताए, जेलमा थुनिएका बन्दीहरूद्वारा गरिएको अपराधमाथि लगाम कस्नको लागि धेरैवटा महत्वपूर्ण निर्णयहरू लिइन्छ। यसमा अपराध साबित भए हार्डकोर बन्दीलाई हाईसिक्योरिटी जेल पठाउने बन्दीहरूको सुविधाहरूमा कटौती, खुल्ला जेलमा पठाउनेमाथि रोक सहित अन्य निर्णय लिइन्छ। जेलमा लगातार खोजी अभियान पनि सञ्चालन गरिन्छ। ताकि अपराधीहरूले कुनै प्रकारको हतियार, मोबाइल सहित अन्य मादक पदार्थ पाउन नसकुन्।
