रांची, 06 मई। प्रवर्तन निदेशालय (ईडी) ले आज बिहान झारखण्डको राजधानी रांचीमा ठूलो कारबाही गरेको छ। ईडीको टीमले पक्रा परेका इन्जीनियर वीरेन्द्र रामको मामिलामा झारखण्डको ग्रामीण विकास मन्त्री आलमगीर आलमको निजी सचिव संजीव लालको घरेलू नौकरको घरबाट 25 करोड़ रूपियॉं क्याश बरामद गरेको छ। ईडीले झारखण्ड ग्रामीण विकास विभागको मुख्य अभियन्ता वीरेन्द्र रामलाई फरवरी 2023 मा केही योजनाहरूको क्रियान्वयनमा कथित अनियमिततासित सम्बन्धित मनी लण्ड्रिङको मामिलामा पक्राउ गरेको थियो।
रांचीको सेल सिटीसहित कुल नौ ठेगानाहरूमा ईडीले छापा मारेको छ। एक टीमले सेल सिटीमा पथ निर्माण विभागको इन्जीनियर विकास कुमारको ठेगानामा तलासी लिइरहेको छ। अर्को टीमले बरियातू, मोरहाबादी र बोडिया क्षेत्रमा छापा मारिरहेको छ। यस अतिरिक्त, ईडीले केही अन्य राजनेता र अधिकारीहरूको ठेगानामा छापा मारेको छ।
