पटना, 28 जनवरी : बिहारका मुख्यमन्त्री एवं जनता दल (यू) का नेता नीतीश कुमारले आज बिहान लगभग 11.15 बजी राज्यपाललाई आफ्नो राजीनामा सुम्पे। उनले भाजपाको समर्थन पत्र सुम्पेर नयाँ सरकार बनाउने दाबी पनि पेश गरे। आज साझँ नयाँ सरकारले शपथ लिने सम्भावना छ।
राजभवन जानअघि नीतीश कुमारले मुख्यमन्त्री आवासमा पार्टी सांसदहरू र विधायकहरूसित बैठक गरे। बैठकमा उनले आफ्नो फसेलाबारे जानकारी गराए। जदयू खेमाबाट तीन र भाजपाका तीन विधायकले मन्त्री पदको शपथ लिने संकेत पाइएको छ। समारोहमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा पनि सामेल हुनसक्छन्। राजभवन बाहिर आएपछि नीतीशले पत्रकारहरूलाई आफ्नो फसेलाबारे जानकारी दिए।
उनले भने, आज हामीले राजीनामा दिएका छौं। राज्यपाललाई वर्तमान सरकार समाप्त गर्नु भनेका छौं। चारैतिरबाट सुझाउ आइरहेको थियो र हामीले यसैलाई सुन्यौं। अब नयाँ गठबन्धनमा सामेल हुनेछौं। आज हामी पुरानो गठबन्धनबाट अलग भएका छौं। हामीले जतिको काम गरिरहेका थियौं, उनीहरूले काम नै गरेनन्। नीतीश कुमारले 537 दिनपछि आज 28 जनवरीमा एक पल्ट फेरि राज्यपाललाई आफ्नो राजीनामा सुम्पे। उनले पछिल्लो पल्ट 09 अगस्त 2022 मा राज्यपाललाई आफ्नो राजीनामा सुम्पेका थिए। यसपछि राजद-कांग्रेस गठबन्धऩको साथ मिलेर महागठबन्धन सरकार बनाएका थिए।
