– अमेरिकासित जीई-414 इन्जिनको अनुबन्धमाथि एक वर्षभित्रमा हस्ताक्षर हुने आशा
– सौदा पूरा भएपछि तीन वर्षपछि पहिलो ‘मेड इन इण्डिया’ विमान रोल आउट हुनेछ
नयाँ दिल्ली, 19 अक्टोबर । फ्रान्सेली लड़ाकू राफेलको शक्ति भएको 4.5 जेनरेशनको मीडियम वेट फाइटर जेट स्वदेशी तेजस एमके-2 वायु सेनालाई आगामी 6 वर्षपछि प्राप्त हुनेछ। अमेरिकासित जीई-414 इन्जिनको सौदा एक वर्षभित्रमा हुने आशा छ भने सौदा भएको तीन वर्षपछि पहिलो ‘मेड इन इण्डिया’ विमान रोल आउट हुनेछ। भारतमै जीई-414 इन्जिन बनिएपछि तेजस एमके-2 को निर्माणमा स्वदेशी सामग्रीको प्रयोग 60 प्रतिशतदेखि बढ़ेर 75 प्रतिशत हुनेछ।
भारत सरकारले लाइट कम्ब्याट एयरक्राफ्ट (एलसीए) तेजस मार्क-2 को 6 वटा प्रोटोटाइप विमान निर्माण गर्ने स्वीकृति दिएको छ। इन्जिन उपलब्ध भएको कारणले प्रोटोटाइपको निर्माण कार्य अहिलेसम्म थाँतीमा थियो, तर प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो अमेरिका यात्रामा जीई-414 विमान इन्जन भारतमै विकसित गर्नेमाथि समझौता भएपछि एलसीए तेजस मार्क-2 निर्माणको मार्ग स्पष्ट भएको छ। अमेरिकी कम्पनीसित भारतमै जीई-414 इन्जिन बनाउने अनुबन्ध एक वर्षभित्रमा हुने आशा छ। यस सम्बन्धमा एचएएल सीएमडीले भनेका छन्, अनुबन्धमा हस्ताक्षर भएको तीन वर्षपछि पहिलो ‘मेड इन इण्डिया’ विमान रोल आउट हुनेछ।
उनले भने, पहिलो विमान रोल आउट भएपछि विभिन्न प्रकारको परीक्षण गरिनेछ, यसैले तेजस मार्क-2 को उत्पादन गर्न र यसलाई वायु सेनामा सामेल गर्नको लागि 6 वर्षको समय लाग्नेछ। हाल तेजस एमके-1ए- मा 60 प्रतिशत स्वदेशी सामग्री प्रयोग गरिँदैछ भने ‘मेड इन इण्डिया’ जीई-414 जेट इन्जिन पश्चात तेजस एमके-2-मा स्वदेशी सामग्रीको प्रयोग बढ़ेर 75 प्रतिशत पुग्नेछ। भारतीय वायु सेनाले स्वदेशी शक्तिशाली लड़ाकू विमान तेजस मार्क-2 को डिजाइनलाई लगभग दुई वर्षअघि नै स्वीकृति दिसकेको छ।
प्रधानमन्त्री मोदीको अध्यक्षतामा सुरक्षा सम्बन्धि क्याबिनेट समितिले गत वर्षको अगस्त महिनामा यस बहुप्रतीक्षित परियोजनालाई स्वीकृति दिइएको थियो। त्यसपछि यस वर्षको अन्तसम्ममा स्वदेशी बहुउद्देश्यीय लड़ाकू विमान तेजस मार्क-2 -को प्रोटोटाइप आउने सम्भावना व्यक्त गरिएको थियो, तर यसको लागि इन्जिन फाइनल नभएपछि प्रोटोटाइपको विकास कार्य थाँतीमा रहेको छ। अब अमेरिकासित जीई-414 जेट इन्जिनको सौदा भएपछि केन्द्र सरकारले एलसीए तेजस मार्क-2 को 6 प्रोटोटाइपमाथि काम शुरू गर्ने मार्ग प्रशस्त गरेको छ। यस सौदालाई अमेरिकी सीनेट र प्रतिनिधि सभा दुवैबाट स्वीकृति प्राप्त हुने आशा पनि छ।
