
नयाँ दिल्ली, 04 दिसम्बर (हि.स.)। संसदको शीतकालीन सत्रमा भाग लिनअघि सोमवार विपक्षी सांसदहरूले राज्यसभामा नेता प्रतिपक्ष मल्लिकार्जुन खड़गेसित बैठक गरे।
कङ्ग्रेसले बैठकको भीडियो एक्समा साझा गर्दै लेखेको छ- कङ्ग्रेस अध्यक्ष औ राज्यसभामा नेता प्रतिपक्ष मल्लिकार्जुन खड़गेको च्याम्बरमा विपक्षी दलहरूको बैठक सम्पन्न भयो। बैठकमा संसद सत्रलाई लिएर चर्चा गरियो।
उल्लेखनीय छ, आजदेखि संसदको शीतकालीन सत्र आरम्भ भएको छ। यो सत्र आगामी 22 दिसम्बरसम्म सञ्चालन हुनेछ। यस अवधि मोठ 19 विधेयक सदनमा पेश हुनु छ।
हिन्दुस्थान समाचार/उष्णता
