नयाँ दिल्ली, 3 दिसम्बर (हि.स.)। राज्यसभाका उपसभापति हरिवङ्श, राज्यमन्त्री अर्जुन राम मेघवाल, संसदका सदस्यहरू, पूर्व सदस्यहरू औ अन्य गण्यमान्य व्यक्तिहरूले आज संविधान सदनको सेन्ट्रल हलमा पूर्व राष्ट्रपति डा. राजेन्द्र प्रसादलाई उनको जयन्तीमा पुष्पाञ्जलि अर्पण गरे। लोकसभा तथा राज्यसभाका महासचिव क्रमशः उत्पल कुमार सिंह र पीसी मोदीले पनि पुष्पाञ्जलि अर्पण गरे।
उक्त कार्यक्रममा सहभागी भएका विशिष्टजनहरूलाई लोकसभा सचिवालयद्वारा हिन्दी अनि अङ्ग्रेजीमा प्रकाशित डा. राजेन्द्र प्रसादको जीवनवृत्त भएको पुस्तिका भेंट गरियो।
डा. राजेन्द्र प्रसादको चित्रको अनावरण भारतका तत्कालीन राष्ट्रपति डा. एस. राधाकृष्णनले 5 मई, 1964-मा संसद भवनको केन्द्रिय कक्षमा गरेका थिए।
हिन्दुस्थान समाचार/उष्णता
