नयाँ दिल्ली, 15 दिसम्बर (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)-का सांसद मनोज तिवारीले भने, संसदको सुरक्षामा बाधा दिनेहरूको गम्भीर रूपमा जाँच भइरहेको छ, तर विपक्षले जाँचलाई बाधित गर्ने प्रयास गरिरहेको छ।
तिवारीले शुक्रवार संसद भवन परिसरमा ””हिन्दुस्थान समाचार””- सित बातचित गर्दै भने, संसदको सुरक्षामा खलल पुऱ्याउने ललित झा नामक व्यक्तिको तृणमूल कङ्ग्रेससित अनि नीलम नामक युवतीको कङ्ग्रेससित सम्बन्ध रहेको कुरा अघि आएको छ। यसैले विपक्षले नियोजित ढङ्गमा जाँचलाई बाधित गरिरहेको छ। तिवारीले आशङ्का व्यक्त गरे, यस मामिलामा विपक्षका अन्य मानिसहरूको पनि संलिप्तता हुनसक्छ। आगामी दिनमा जाँचपछि सबै कुरा अघि आउनेछ।
तिवारीले भने, विपक्षले यस मामिलामा गृहमन्त्री शाहले जवाफ दिनुपर्ने माग गरिरहेको छ। जबकि संसदको सुरक्षाको जिम्मा लोकसभाको हुन्छ। यसैले लोकसभा अध्यक्षले जाँच गर्ने आदेश दिएका छन्। यस मुद्दामा गृहमन्त्रीको जवाफको कुनै औचित्य छैन। उनले भने, जसले संसदको सुरक्षा खलबलाउने प्रयास गरेको छ उनीहरूविरूद्ध सरकारले कड़ाभन्दा कड़ाकारबाही गर्नेछ। मामिलाको जाँच भइरहेको छ। जसले यिनीहरूलाई सहयोग पुऱ्याएको छ तिनीहरूलाई पनि छाड़िनेछैन।
हिन्दुस्थान समाचार/ उष्णता
