नयाँ दिल्ली, 21 अगस्त (हि.स.)। विपक्षी इन्डी गठबन्धनका साझा उम्मेदवार बी सुदर्शन रेड्डीले उप राष्ट्रपति पदको चुनाउको निम्ति आज आफ्नो नामांकन दर्ता गर्नेछन्। सर्वोच्च न्यायालयका पूर्व न्यायाधीश बी सुदर्शन रेड्डी आज बिहान 11.30 बजी नामांकन गर्न पुग्नेछन्।
यस अवधि उनको साथ कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगे, सोनिया गान्धी, कांग्रेस सांसद राहुल गान्धी, सपाका रामगोपाल यादव समेत अन्य विपक्षी नेताहरू उपस्थित रहनेछन्।
यस अगाड़ी बुधवार संसदको केन्द्रिय कक्षमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले उप राष्ट्रपति पदको विपक्षी गठबन्धनको साझा उम्मेदवार बी सुदर्शन रेड्डीको घटक दलहरूका नेताहरूसित परिचय गराए।
बी सुदर्शन रेड्डीको सोझो द्वन्द उप राष्ट्रपति पदका एनडीए उम्मेदवार सीपी राधाकृष्णनसित हुनेछ। राधाकृष्णनले एक दिन अगाड़ी बुधवार आफ्नो नामांकन दर्ता गरे। खास कुरा के छ भने उप राष्ट्रपति पदका दुवै उम्मेदवार दक्षिण भारतबाट छन्।
उप राष्ट्रपति पदको चुनाउको निम्ति आज 21 अगस्त नामांकनको अन्तिम मिति हो। 25 अगस्तसम्म नाम फिर्ता लिन सकिनेछ र 09 सेप्टेम्बरमा चुनाउ र मतगणना हुनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी
