
रूड़की, 26 दिसम्बर (हि.स.)। उत्तराखण्डको रूड़कीमा आज बिहान मङ्गलौर कोतवाली क्षेत्रको लहबोली गाउँमा ईटा भट्टीको पर्खाल भत्किएर ठूलो दुर्घटना भयो जसमा काम गरिरहेका श्रमिकहरू माटोमा पुरिए। अहिलेसम्ममा पाँचजना श्रमिकहरूको शव निकालिसकिएको छ भने तीनजनाको अवस्था गम्भीर छ।
भनिन्छ, बिहान ईटा पकाउनको लागि चिमनीमा ईटा भर्दै गर्दै यो दुर्घटना भएको हो। श्रमिकहरूले ईटा भरिरहेका थिए अचानक पर्खाल भत्कियो। हाल श्रमिकहरूको बचाउ अनि उद्धार कार्य भइरहेको छ। पुलिसले घटनास्थलमा पुगेर जाँच गरिरहेको छ। मङ्गलौर कोतवाली प्रभारी प्रदीप बिष्टले बताए, अहिलेसम्ममा पाँचजना श्रमिकहरूको शव उद्धार गरिसकिएको छ। तीनजनाको अवस्था गम्भीर छ। उनीहरूलाई अस्पतालमा भर्ती गरिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
