नयॉं दिल्ली, 27 अक्टोबर (हि.स.)। केन्द्रिय संचार मन्त्री अश्विनी वैष्णवले भारत दूरसंचार प्रौद्योगिकी निर्माता र निर्यातकको रूपमा अघि आइरहेको बताएका छन्। उनले भारतलाई विश्वले आशाको दृष्टिले हेरिरहेको बताएका छन्।
अश्विनी वैष्णले शुक्रवार इण्डिया मोबाइल कांग्रेस 2023 को उद्घाटन सत्रमा आफ्नो सम्बोधनमा उक्त कुरा भने। वैष्णवले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको स्पष्ट दृष्टि र नेतृत्वबाट प्रेरित भएर दूरसंचार क्षेत्रले सम्पर्क, सामर्थ्य तथा मानकहरूमा धेरै माइलखुट्टी हासिल गरेको छ।
संचार मन्त्री वैष्णवले देशमा 5जी सेवा द्रुत गतिमा शुरू भइरहेको र भारतको स्पष्ट 6जी दृष्टिकोणको उल्लेख गर्दै भने, दूरसंचार, डिजिटलको मार्ग प्रशस्त गर्दछ। यसअघि राजधानी नयॉं दिल्लीको भारत मण्डपमा इण्डिया मोबाइल कांग्रेसको 7औं संस्करण प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरे।
हिन्दुस्थान समाचार/भवानी
