
नयाँ दिल्ली, 08 जनवरी (हि.स.)। भारतले मालदीवका मन्त्रीहरूद्वारा प्रधानमन्त्री नरेन्न्द्र मोदीमाथि गरिएको अशोभनीय टिप्पणीलाई गम्भीर रूपमा लिएको छ। भारतको विदेश मन्त्रालयले मालदीवका उच्चायुक्तलाई डाकेको छ। मालदीवका उच्चायुक्त इब्राहिम शाहिब दिल्लीको साउथ ब्लकस्थित विदेश मन्त्रालयमा पुगे। भारतले प्रधानमन्त्री मोदीविरूद्ध मालदीवका मन्त्रीहरूद्वारा गरिएको अशोभनीय टिप्पणीमाथि चर्को आक्रोश व्यक्त गऱ्यो।
उल्लेखनीय छ, मालदीवकी महिला मन्त्री मरियम शिउनाले सोशल मीडियामा प्रधानमन्त्री मोदीमाथि आपत्तिजनक टिप्पणई गरिन्। त्यसपछि उक्त टिप्पणी भायरल भयो। यस मुद्दालाई भारतले मालदीवका मोहम्मद मुइज्जु सरकार समक्ष उठायो। मालेमा भारतीय उच्चायुक्तले अशोभनीय टिप्पणीमाथि कड़ा आपत्ति जनाए। त्यसपछि तीनजना मन्त्रीहरूविरूद्ध कारबाही गरियो।
हिन्दुस्थान समाचार/उष्णता
