नयाँ दिल्ली, 18 नोभेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलवार छैठौं रामनाथ गोयनका व्याख्यानमा दिएको आफ्नो भाषण साझा गर्दै देशवासीहरूसित आगामी 10 वर्षमा दासत्वको मानसिकताबाट पूर्ण मुक्तिको संकल्प लिने अपील गरे। उनले भने, यो मानसिकता उपनिवेशवादको देन हो र अब देश यसदेखि पूर्ण रूपमा बाहिर निस्किने समय आएको छ। उनले देशवासीहरूसित सामूहिक संकल्पको साथ औपनिवेशिक मानसिकतासदेखि मुक्त हुने दिशामा अगाड़ी बढ्ने आग्रह गरे।
प्रधानमन्त्री मोदीले सोशल मीडिया प्लेटफार्म एक्समा साझा गरेको आफ्नो पोस्टमा भनेका छन्, रामनाथ गोयनकाको जीवन राष्ट्रप्रथमको भावना र सत्यप्रति अटूट प्रतिबद्धताको प्रतीक थियो। उनले सदैव कर्तव्यलाई सर्वोपरि राखे औं यही भावना आजपनि पत्रकारिता र लोकतन्त्र दुवैको निम्ति प्रेरणा हो।
लोकतन्त्रमाथि कुरा गर्दै प्रधानमन्त्री मोदीले हालको बिहार विधानसभा चुनाउको उल्लेख गरे। उनले भने, रेकर्ड मतदान र विशेष रूपमा महिलाहरूको बढ्दो भागीदारी यस कुराको संकेत हो कि भारतको लोकतन्त्र लगातार सशक्त भइऱहेको छ।
प्रधानमन्त्रीले भारतको विकासलाई विश्वको निम्ति आशाको मोडल बताउँदै भने, देशको आर्थिक प्रगति र सामाजिक परिवर्तन विश्व सामू उदाहरण बनिरहेको छ। चुनाउ जित्ने मूल मन्त्र जनताको भावनाहरूलाई बुझ्नु हो, लगातार चुनाउ मोडमा बनिरहनु होइन। माओवादको प्रभाव लगातार घटिरहेको छ, जुन भारतको विकास र सुरक्षाको निम्ति अत्यन्त सकारात्मक संकेत हो।
हिन्दुस्थान समाचार / भवानी थामी
