
बेगूसराय, 02 जनवरी (हि.स.)। बिहारको बेगूसराय जिल्लामा गए राति शर्ट सर्किटका कारण घरमा आगो लाग्दा पति-पत्नी र दुई नानीको मृत्यु भएको छ। घटना बछवाडा थाना क्षेत्रको अरवा गाउॅंको हो। घटनामा छेउछाउका लगभग आधा दर्जन झोपडी पनि जलेका छन्।
अबेर राति भएको यस घटनापछि गाउॅंमा निकै होहल्ला मचियो। घटना स्थलमा धेरै संख्यामा मानिसहरू एकत्रित भए। स्थानीय पुलिस र अंचल प्रशासन पनि आइपुगे। जानकारी अनुसार, रामकुमार पासवानको छोरा नीरज पासवान आफ्नो पत्नी र नानीहरूसॅंग राति घरमा सुतिरहेका थिए, यस अवधि अचानक आगो लाग्यो। आगोले ठूलो रूप लिएपछि मात्र आगलागीको बारेमा जानकारी भयो।
आगो लागेको थाहा पाएपछि मानिसहरू घटना स्थलमा एकत्रित भए। तर, त्यस समयसम्म नीरज पासवान, उनकी पत्नी र दुईजना नानीको जलेर मृत्यु भइसकेको थियो। छेउछाउका केही झोपडीहरू पनि आगोको चपेटमा परेका छन्। मानिसहरूले निकै प्रयास गरेपछि आगोलाई नियन्त्रित गरे।
तेघडा डीएसपी डा. रविन्द्र मोहन प्रसादले भने, घरमा सबै जनाको जलेर मृत्यु भएको छ। मामिलाको छानबिन शुरू गरिएको छ।
हिन्दुस्थान समाचार/बिशाल
