
नयाँ दिल्ली, 07 दिसम्बर (हि.स.)। तेलङ्गानाका नयाँ मुख्यमन्त्री बन्न गइरहेका कङ्ग्रेस नेता रेवन्त रेड्डीले तेलङ्गानाको डीएनएलाई बिहारको डीएनएभन्दा उत्तम बताएकोमा एकातिर जदयू रूष्ट भएको छ भने अर्कोतिर भारतीय जनता पार्टीले पनि चर्को प्रतिक्रिया व्यक्त गर्दै यसलाई राज्यको अपमान बताएको छ।
बिहीवार केन्द्रियमन्त्री रविशङ्कर प्रसादले भने, यस बयानको कड़ा निन्दा गरिनुपर्छ। यो विभाजनकारी बयान हो। यो बिहारको अपमान हो। रविशङ्कर प्रसादले विपक्षमाथि प्रहार गर्दै प्रश्न गरे, विपक्षी आईएनडीआई गठबन्धनका सदस्यहरू यसमाथि किन मौन छन्? नीतीश कुमार किन बोलिरहेका छैनन्? बिहार कङ्ग्रेसका नेताहरूले के गरिरहेका छन्? राहुल गान्धी र सोनिया गान्धी किन बोल्दैनन्? उक्त टिप्पणीलाई लिएर कङ्ग्रेसले आफ्नो नीति स्पष्ट पार्नुपर्छ।
हिन्दुस्थान समाचार/उष्णता
