नयाँ दिल्ली, 01 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार नयाँ वर्ष २०२६ को अवसरमा देशवासीलाई शुभकामना दिएका छन्। उनले आउँदो वर्ष सबैका लागि उत्तम स्वास्थ्य, समृद्धि र सफलता लिएर आओस् भन्ने कामना गरेका छन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा आफ्नो सन्देशमार्फत नयाँ वर्षले जनताका प्रयासहरूमा सफलता र कार्यहरूमा सन्तोष प्रदान गरोस् भन्ने कामना गरेका छन्। उनले समाजमा शान्ति र खुशहालीको निम्ति प्रार्थना पनि गरेका छन्।
प्रधानमन्त्रीले नयाँ वर्ष नयाँ ऊर्जा, नयाँ संकल्प र सकारात्मक परिवर्तनको अवसर हुने बताएका छन्। उनले सन् २०२६ ले देश र समाजका लागि सुख, शान्ति र प्रगतिका मार्ग प्रशस्त गर्ने आशा व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी
