
देहरादून, 08 दिसम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार देहरादूनमा आयोजित दुई दिवसीय उत्तराखण्ड ग्लोबल इन्भेस्टर्स समिट- 2023 को शुभारम्भ गरे। प्रधानमन्त्री कार्यक्रम स्थलमा पुगेपछि सांस्कृतिक दलहरूले उनलाई सांस्कृतिक गायनद्वारा स्वागत जनाए। त्यसपछि मुख्यमन्त्री पुष्कर सिंह धामीले प्रधानमन्त्रीलाई स्वागत गरे। यस अवसरमा राज्यपाल गुरमीत सिंह, बाबा रामदेव सहित अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
उत्तराखण्ड सरकारद्वारा यसपालि ग्लोबल इन्भेस्टर्स समिटको थीम ”””पीस टु प्रस्पेरिटी”” राखिएको छ। इन्भेस्टर्स समिटमा देश-दुनियाँका हजारभन्दा अधिक इन्भेस्टर अनि डेलीगेट्स सामेल हुन आइरहेका छन्।
मुख्यमन्त्री पुष्कर सिंह धामीले कार्यक्रममा भने, उत्तराखण्डलाई निवेशको नयाँ गन्तव्यको रूपमा स्थापना गर्ने उद्देश्यले सरकारद्वारा यस किसिमको आयोजन गरिँदैछ। प्रदेश सरकारले ग्लोबल इन्भेस्टर्स समिटमा अढ़ाई लाख करोड़ रुपियाँको निवेशको निर्धारित लक्ष्यलाई पूरा गरेको छ।
हिन्दुस्थान समाचार/उष्णता
