चण्डीगढ़, 22 नोभेम्बर (हि.स.)। पञ्जाब पुलिसले बठिण्डामा पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआई समर्थित तीनजना आतङ्कवादीहरूलाई पक्राउ गरी भारी मात्रामा हतियार जफ्त गरेको छ। पक्राउ गरिएका अतङ्कवादीहरूले पञ्जाबमा टारगेट किलिङ्गको तयारी गरिरहेका थिए। आतङ्कवादीहरूको लक्ष्यमा पञ्जाबका एकजना धार्मिक नेता थिए।
आरोपीहरू यूपीए अन्तर्गत सङ्गरूर जेलमा थुनिएका कुलविन्दर सिंह किंदा र हरचरण सिंहको सम्पर्कमा थिए। पुलिसले यस मामिलाका धेरैवटा पाटो र पक्षहरूमाथि जाँच गरिरहेको छ।
पञ्जाब पुलिस महानिदेशक गौरव यादवले बुधवार ट्वीट गरी उपरोल्लेखित आशयको जानकारी दिए। उनले बताए, काउन्टर इन्टेलिजेन्स टीमले आईएसआईको माध्यमबाट पञ्जाबमा आतङ्कवादी गतिविधिहरूलाई परिणाम दिनेवाला तीनजना आतङ्कवादीहरूलाई समातेको छ जसको पहिचान बठिण्डा निवासी राजभूपिन्दर सिंह, फिरोजपुर निवासी रमन कुमार तथा फरिदकोट निवासी जगजित सिंहको रूपमा भएको छ।
आरोपीहरूबाट 8 पेस्तोल, 9 म्यागजिन तथा 30 जिउँदो कारतूस जफ्त गरिएको छ। यी हतियारहरू यिनीहरूले मध्य प्रदेश र उत्तर प्रदेशबाट खरिद गरेका थिए। पुलिसले आरोपीहरूविरूद्ध बठिण्डामा मामिला दर्ता गरी अघिल्लो कारबाही शुरू गरेको छ।

हिन्दुस्थान समाचार/उष्णता