नयाँ दिल्ली, 23 नोभेम्बर (हि.स.)। देशलाई नशा मुक्त बनाउने उद्देश्यले शुरू गरिएको ‘नशा मुक्त भारत अभियान’- सित अब इस्कन पनि जोड़िएको छ। यस सम्बन्धमा बिहीवार नयाँ दिल्लीस्थित डा.अम्बेडकर इन्टरनेशनल सेन्टरमा सामाजिक न्याय औ अधिकारिता मन्त्रालयसित इस्कन प्रबन्धनले एक समझौता ज्ञापनमा हस्ताक्षर गऱ्यो।
समझौता अनुरूप अब इस्कनले पनि नशा मुक्तिको लागि देशभरि नै कार्यक्रमहरू आयोजना गर्नका साथै जागरूकता फैलाउनेछ। यस अवसरमा सामाजिक न्याय औ अधिकारिता मन्त्री डा. वीरेन्द्र कुमार उपस्थित थिए।
यस अवधि डा. वीरेन्द्र कुमारले भने, देशमा नशा मुक्त भारत अभियान एउटा जन आन्दोलन नै भएको छ। यस अभियानसित देशका धेरैवटा सामाजिक संस्थानहरू लगायत आध्यात्मिक संस्थानहरू पनि जोड़िनाले यसलाई थप उर्जा प्राप्त हुनेछ। अभियानमा आध्यात्मिक सङ्गठनहरूको सहभागिताको महत्वमाथि बल दिँदै केन्द्रियमन्त्रीले विश्वास व्यक्त गरे, इस्कनसितको यो सहयोगले मानिसहरूको जीवनलाई प्रकाशमय बनाउने अनि उनीहरूलाई नशाको बाटोमा जानदेखि रोक्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
यसको साथै इस्कन यस दिशामा मानसिक, भावनात्मक औ शारीरिक रूपले मजबूत समाज निर्माणको यात्रामा सहयात्री हुनेछ। यस अवसरमा इस्कन प्रबन्धनले पनि मन्त्रालयका प्रयासहरूको सराहना गर्दै आफ्ना सबै मन्दिर अनि केन्द्रहरूमा यस अभियानलाई अघि बढ़ाउने वाचा गरे।
उल्लेख्य, नशा मुक्त भारत अभियान 15 अगस्त, 2020-मा चयनित क्षेत्रका 272 जिल्लाहरूमा शुरू गरिएको थियो जसलाई धरतलीय स्तरमा गरिएका विभिन्न गतिविधिहरूको माध्यमबाट अहिलेसम्ममा 11 करोड़भन्दा अधिक मानिसहरूसम्म पुऱ्याइसकिएको छ।
हिन्दुस्थान समाचार/उष्णता
