
जयपुर, 18 अक्टोबर (हि.स.)। कंग्रेसको केन्द्रिय चुनाउ समिति (सीईसी)-को बुधवार बिहान दिल्लीमा सम्पन्न बैठकमा मुख्यमन्त्री अशोक गहलोतले राजस्थान विधानसभा चुनाउको निम्ति उम्मेद्वारहरूको नामलाई लिएर सिटिङ्ग-गेटिङ्गको फार्मूला दिएका छन्। बैठकमा कतिपय निर्विवाद नामहरूलाई लिएर फसेला लगभग गरिसकिएको छ भने कतिपय नामहरूलाई लिएर मन्थनको क्रम जारी छ।
अहिलेसम्म कंग्रेस पार्टीमा लगातार यो दाबी गरिँदैथ्यो कि पार्टीले यसपालि राजस्थानमा ठूलो संख्यामा वर्तमान मन्त्री एवं विधायकहरूको टिकट काट्नेछ, तर मुख्यमन्त्री अशोक गहलोतले सिटिङ्ग-गेटिङ्गको फार्मूला सशक्त ढंगमा राखेका छन्। यसबाट राजस्थानमा लगभग 50 प्रतिशत टिकट वर्तमान विधायकहरूको काट्नसक्ने जुन अनुमान लगाइएको थियो त्यो अब सिटिङ्ग-गेटिङ्ग अर्थात अधिकांश वर्तमान विधायकहरूलाई नै फेरि टिकट दिने फर्मूलामा परिणत हुनसक्छ।
मुख्यमन्त्री अशोक गहलोत वर्तमान विधायकहरूको टिकट काट्ने पक्षमा छैनन् जसलाई डोटासरा र रन्धावाको समर्थन पनि प्राप्त छ। यदि यो फर्मूलाले काम गऱ्यो भने सचिन पायलट क्याम्पका अधिकांश विधायकहरूले टिकट पाउनेछन्। यस अवस्थामा सम्भवतः पायलटले पनि यसको विरोध धेर विरोध गर्नेछैनन्। यद्यपि जुन 80 सीटमा कंग्रेस वा कंग्रेस समर्थित निर्दलीय विधायकहरू छैनन् त्यसमा 50 प्रतिशतभन्दा अधिक टिकट फेर्ने सम्भावना प्रबल छ।
यसपूर्व गए मंगलवार अबेर रातीसम्म भएको स्क्रीनिङ्ग कमिटीको बैठकमा लगभग 60 नामहरू सिङ्गल क्यान्डिडेटको रूपमा लगभग तय भइसकेको छ। रहल 140 सीटमाथि कंग्रेस इलेक्शन कमिटीमा मन्थन भइरहेको छ। पार्टीले शुरूआती पहिलो सूचीमा यदि गैरविवादित सीटहरूमा प्रत्याशी उतार्छ भने यी सीटहरूमा सिङ्गल नामलाई निश्चित मानिँदैछ।
केन्द्रिय चुनाउ समितिको राजस्थानलाई लिएर सम्पन्न बैठकमा कंग्रेस पार्टीका राष्ट्रिय अध्यक्ष मल्लिकार्जुन खड़गे, पूर्व अध्यक्ष सोनिया गान्धी, राहुल गान्धी, मुख्यमन्त्री अशोक गहलोत, प्रदेश अध्यक्ष गोविन्द डोटासरा, प्रभारी सुखजिन्दर सिंह रन्धावा, गौरव गोगोई, केसी वेणुगोपाल, अजय माकन, सलमान खुर्शीद, अमृता धवन, काजी निजामुद्दीन र केएल पुनिया उपस्थित थिए।
हिन्दुस्थान समाचार/उष्णता
