लखनऊ, 23 नोभेम्बर (हि.स.)। बाबा साहब भीमराव अम्बेडकर विश्वविद्यालयमा शिक्षा शास्त्र विभागका प्रोफेसर डा. राजशरण शाहीलाई अखिल भारतीय विद्यार्थी परिषद् (अभाविप) -को पुन: राष्ट्रिय अध्यक्ष निर्वाचित गरिएको छ। अभाविपको मुम्बईस्थित केन्द्रिय कार्यालयमा बिहीवार सम्पन्न बैठकमा सो घोषणा गरियो।
अभाविपको लखनऊस्थित प्रान्त कार्यालयबाट प्राप्त जानकारी अनुसार डा. राजशरण शाही (उत्तर प्रदेश)-लाई राष्ट्रीय अध्यक्ष औ याज्ञवल्क्य शुक्ल (बिहार)-लाई राष्ट्रिय महामन्त्रीको रूपमा सत्र 2023-24 को लागि पुन: निर्वाचित गरिएको छ।
उल्लेखनीय छ, डा. राजशरण शाही मूलतः उत्तर प्रदेशको गोरखपुर जिल्लाका वासिन्दा हुन्। उनले शिक्षाशास्त्रमा पी.एचडी गरेका छन्। शाहीले पाँचवटा पुस्तकहरूको लेखन अनि सम्पादन गरेका छन्। अहिलेसम्ममा उनले 103भन्दा अधिक शोध पत्र एवं लेख राष्ट्रिय तथा अन्तरराष्ट्रिय शोध पत्रिकाहरू तथा संगोष्ठीहरूमा प्रस्तुत गरिसकेका छन्। साथै शिक्षासित सम्बन्धित विषयहरूमा लेख आदि दैनिक पत्रहरूमा प्रकाशित भएका छन्।
अभाविपका राष्ट्रिय सङ्गठन मन्त्री आशीष चौहानले एक दिनअघि मात्र लखनऊमा पूर्वी उत्तर प्रदेशका सबै चारैवटा प्रान्तहरूका प्रान्त सङ्गठन मन्त्रीहरूसित बैठक गरेका थिए। राष्ट्रिय सङ्गठन मन्त्री लखनऊ प्रवास अवधि डा. राजशरण शाहीको आवासमा पनि गएका थिए। त्यहाँबाटै उनी सोझो मुम्बई प्रस्थान भएका थिए।
अभाविपको पूर्वी उत्तर प्रदेशका क्षेत्र सङ्गठन मन्त्री घनश्याम शाही र प्रान्त सङ्गठन मन्त्री अंशुल समेत अभाविप कार्यकर्ताहरूले डा.राजशरण शाहीलाई बधाई दिएका छन्।
हिन्दुस्थान समाचार/उष्णता
