– दुर्घटनाका सबै घाइतेहरूलाई दिइनेछ पचास-पचास हजार रुपियाँ
गुवाहाटी, 3 जनवरी (हि.स.)। गोलाघाट सड़क दुर्घटनामा ज्यान गुमाउनेहरूका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई-दुई लाख रुपियाँ अनि घाइतेहरूलाई पचास-पचास हजार रुपियाँ अनुग्रह राशइ प्रदान गर्ने घोषणा गरिएको छ। प्रधानमन्त्रीले पीड़ित परिवारहरूप्रति आफ्नो संवेदना व्यक्त गरेका छन्।
गोलाघाट सड़क दुर्घटनामाथि प्रधानमन्त्री कार्यालयले बुधवार ट्वीट गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सन्देशमा मृतकहरूका परिवारप्रति संवेदना व्यक्त गरेका छन् साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि ईश्वरसित प्रार्थना गरेका छन्। यस दुर्घटनामा ज्यान गुमाउने सबै मृतकहरूका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई-दुई लाख रुपियाँ अनि घाइतेहरूलाई पचार-पचास हजार रुपियाँ सहायता दिइनेछ।
उल्लेखनीय छ, गोलाघाट जिल्ला अन्तर्गत देरगाउँको बालीजानमा बुधवार भोर बिहान लगभग पाँच बजे पिकनिक मनाउन गइरहेका मानिसहरू सवार भएको बस र ट्रकमाझ भयानक भिड़न्त भयो जसले गर्दा तीनजना नानीहरू सहित 12 जना मानिसहरूको मृत्यु भयो। मृतकहरूमा बस अनि ट्रक ड्राइभर पनि सामेल छन्।
हिन्दुस्थान समाचार/उष्णता
