चण्डीगढ़, 21 दिसम्बर (हि.स.)। दिल्लीको आबकारी नीति घोटालामा ईडीको लक्ष्यमा परेका आम आदमी पार्टी सुप्रीमो एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल बिहीवार पञ्जाबको होशियारपुरस्थित विपश्यना सेन्टरमा आएका छन्। केजरीवाललाई आज नै ईडी समक्ष पेश हुनुथियो।
ईडीको समनलाई एकातिर पन्साएर केजरीवाल होशियारपुर आएका छन्। यसपूर्व केजरीवाल मेडिटेशनको लागि देशका अन्य राज्यहरूमा जाने गर्दथे भने यसपालि पहिलो पटक उनले मेडिटेशनको लागि पञ्जाबलाई चुनेका छन्। उनले यहाँ आगामी दश दिनसम्म मेडिटेशन गर्नेछन्।
यसबीच ईडीको समनलाई लिएर मुख्यमन्त्री अरविन्द केजरीवालले अन्तत मुख खोलेका छन्। उनले ईडीको समनको जवाफ नदिने सङ्केत दिएका छन्। केजरीवालले आफूसित लुकाउने केही कुरा नरहेको दाबी गरेका छन्। बिहीवार बिहान एक भीडियो सन्देशमा दिल्लीका मुख्यमन्त्री केजरीवालले भने, पछिल्लो समन जस्तै ईडीको यो समन पनि अवैध छ। ईडीले यो समन फिर्ता लिनुपर्छ किनभने यो राजनीतिद्वारा प्रेरित छ।
हिन्दुस्थान समाचार/उष्णता
