नयाँ दिल्ली, 29 दिसम्बर (हि.स.)। महाराष्ट्रको नासिक जिल्लाबाट घूसखोरीको आरोपमा बिहीवार पक्राउ गरिएको भविष्य निधि सङ्गठनका क्षेत्रीय आयुक्त, प्रवर्तन अधिकारी लगायत अन्य एकजना व्यक्तिलाई स्पेशल कोर्टले शुक्रवार आगामी एक जनवरीसम्म पुलिस हिरासतमा राख्ने आदेश दियो। केन्द्रिय जाँच ब्यूरो (सीबीआई)-ले दुई लाख रुपियाँ घूस लिएको आरोपमा यिनीहरूलाई पक्राउ गरेको थियो।
सीबीआईले नासिक जिल्लाका निवासी ईपीएफओ अधिकारी अनि अन्य व्यक्तिविरूद्ध सिकायत दर्ता गराएको थियो। त्यसपछि सीबीआईले ईपीएफओका दुईजना अधिकारी सहित एकजना व्यक्तिलाई दुई लाख रुपियाँ घूस लिएकोमा पक्राउ गऱ्यो। सीबीआईले नासिकमा सात ठाउँ खानतलासी पनि गऱ्यो। यस अवधि नगद अनि अनुचित लाभको विवरण उल्लेख रहेको डायरी आदि सहित आपत्तिजनक सामग्रीहरू जफत गरियो।
हिन्दुस्थान समाचार/ उष्णता
