
बेगूसराय (बिहार), 07 जनवरी (हि.स.)। केन्द्रिय ग्रामीण विकास एवं पञ्चायती राजमन्त्री गिरिराज सिंहले भनेका छन्, अहिलेसम्म विपक्षी एवं कंग्रेसले रामलाई काल्पनिक भन्दै आइरहेको छ, तर अहिले उत्तर प्रदेश कंग्रेस अध्यक्षले आफ्ना समर्थकहरूको साथमा आगामी 15 जनवरीको दिन रामललाको दर्शन गर्ने कुरा गरिरहेका छन्।
बेगूसरायमा पत्रकारहरूसित कुराकानी गर्दै गिरिराज सिंहले भने, अन्ततः कंग्रेसलाई त्यहाँ जाने सोंच कसरी आयो। यदि सद्बुद्धि आएको हो भने पनि म प्रार्थना गर्छु कि सबैलाई सद्बुद्धि आओस्, तर यिनीहरू तुष्टिकरणको राजनीति गर्ने मानिसहरू हुन् र तुष्टिकरण नै गर्नेछन्। उनीहरूले रामको शरणमा जाने तथा कृष्णको पनि शरणमा जाने साहस देखाउनुपर्छ।
समाजवादी पार्टीका सुप्रीमो अखिलेश यादवको राहुल गान्धीको न्याय यात्रा शुरू हुनअघि लोकसभा चुनाउको सीट बाँड़फाँड़ गर्ने प्रश्नमा गिरिराज सिंहले भने, इण्डी घमण्डी गठबन्धन हो। कसैले संयोजक बनाउनका लागि खड़गेको नाम लियो भने नीतीश कुमार मुख फुल्लाएर घरमा बस्छन्। त्यसपछि कंग्रेस नीतीश कुमार सामु घुँड़ा टेक्छ। यिनीहरूमाझ सीट बाँड़फाँड़लाई लिएर मोल-तोल भइरहेको छ। कसैलाई जेल जाने डर छ भने कसैलाई परास्त हुने डर छ। यसैले गठबन्धन हुनेछैन।
अखिलेश यादवले भनिरहेका छन्, पहिला सीट बाँड़फाँड़ होस्। तर राहुल गान्धीलाई आफ्नो यात्रासित मात्र सरोकार छ। गठबन्धन हुँदैन भन्ने कुरा राहुल गान्धीलाई राम्ररी थाहा छ। किनभने यो ठगबन्धन हो। ज-जसको स्वार्थ सिद्ध हुँदैन उनीहरू गठबन्धनदेखि अलग्गिनेछन्।
प्रवर्तन निदेशालय (ईडी) -का अधिकारीहरूमाथि भइरहेको प्रहारलाई लिएर गिरिराज सिंहले भने, त्यहाँ लोकतन्त्र अनि सङ्घीय ढाँचा समाप्त भएको छ। मुख्यमन्त्री ममता ब्यनर्जी लोकतान्त्रिकको सट्टा तानाशाहको भूमिकामा छन्। उनले आफूले आफैलाई भारतदेखि विच्छिन्न तथा किम जोन ठान्छन्। देशमा लोकतन्त्रलाई बचाउनको लागि ममताको सरकारलाई निर्मूल पार्नुपर्छ। यो इस्लामिक स्टेट बनाउने प्रयास भइरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता
