• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > आत्मनिर्भरता र स्वबलबाटै भारतको प्रगति सम्भवः मोहन भागवत
National

आत्मनिर्भरता र स्वबलबाटै भारतको प्रगति सम्भवः मोहन भागवत

CliQ INDIA
Last updated: August 2, 2025 8:00 am
CliQ INDIA
Share
3 Min Read
SHARE

ट्रम्पको टेरिफमाथि सरसंघचालकले गरे संकेतात्मक टिप्पणी

नागपुर, 01 अगस्त (हि.स.)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको टेरिफले विश्वका धेरै देशहरूमा असन्तोष व्याप्त छ। केही पश्चिमी देशहरूको भारत ट्रम्पको रणनीति सामू झुकोस् भन्ने अपेक्षा छ। यद्यपि, भारत सरकारले यसमा कुनै आधिकारिक रबैया अपनाएको छैन तर राष्ट्रिय स्वयंसेवक संघ (रा.स्व.संघ) का सरसंघचालक डा. मोहन भागवतले नागपुरमा एक संकेतात्मक टिप्पणी गर्दै भने, भारतको प्रगति केवल आत्मनिर्भरता र स्वबलको माध्यमले नै सम्भव छ।

भागवत शुक्रवार कविकुलगुरु कालिदास संस्कृत विश्वविद्यालय अन्तर्गत डा. हेडगेवार अन्तरराष्ट्रिय गुरुकुलको उद्घाटन समारोहमा बोलिरहेका थिए। उनले भने, देश र समयको परिस्थितिहरूले हामीलाई यो संकेत दिइरहेको छ कि अब भारत आत्मनिर्भर बन्नैपर्नेछ। भारतले केवल आफ्नो बुतामै वास्तविक प्रगति गर्नसक्छ। हाम्रो अस्मिता नै हाम्रो शक्ति र समृद्धिको आधार हो। जहाँ स्वत्व हुन्छ, त्यही शक्ति, ओज र लक्ष्मीको वास हुन्छ। जब हामीले आफ्नो स्वत्वलाई बिर्सिन्छौं तब अवन्नति शुरू हुन्छ। भारतको पतन पनि यही विस्मरणको कारण भयो।

उनले भने, भारतको परम्परा अत्यन्त प्राचीन छ। ईसाको पहिलो शताब्दीदेखि 16औं शताब्दीसम्म भारत विश्वमा अग्रणी थियो किनभने भारत आफ्नो स्वत्वमा अडिग थियो। जब भारतीयहरूले आफ्नो स्वत्वलाई बिर्सिनु शुरू गरे, तब भारत विदेशी आक्रमणहरूको शिकार बन्न थाल्यो। अंग्रेजहरूले त भारतीयहरूको बुद्धिलाई पनि दास बनाउने रणऩीति अपनाए। यदि भारतलाई आत्मनिर्भर बन्नुछ भने पहिले आफ्नो स्वत्वको पहिचान गर्नुपर्नेछ।

संस्कृतको संरक्षण र प्रसारको आवश्यकता

डा. भागवतले भने, भाषा कुनैपनि समाजको ‘स्व’भावलाई प्रकट गर्ने माध्यम हुन्छ। जस्तो समाजको भावना हुन्छ, त्यस्तै उसको भाषा हुन्छ। संस्कृत जन सामान्यको भाषा बनोस् र जीवन व्यवाहरमा त्यसको उपयोग हुनु आवश्यक छ। यसबाट संस्कृतको पनि पुनरूद्धार हुनेछ। संस्कृतमा शब्दहरूको सबैभन्दा अधिक सम्पदा छ र यो धेरै भाषाहरूको जननी हो। देशका लगभग सबै भाषाहरूको मूल संस्कृतमा छ। देशकाल र परिस्थिति अनुसार भाषाको विकास हुन्छ र संस्कृतलाई आम जनको जीवनमा स्थान दिनु आवश्यक छ। संस्कृतलाई केवल विश्वविद्यालयहरूसम्म सीमित राखिनुहुँदैन।

उनले भने, संस्कृत बोल्नुपर्छ, केवल डिग्रीको निम्ति पढ्नु हुँदैन। देशमा यस्ता अनेकौं परिवार छन्, जहाँ परम्पराले संस्कृतको पाठ हुँदै आएको छ तर भाषा बोल्ने प्रवृत्ति विकसित भएको छैन। संस्कृतले राजाश्रयका साथै लोकाश्रय पनि पाउनुपर्छ।

अन्तमा उनले भने, देशवासीहरूको स्वत्वलाई जागृत गर्न देशको सबै भाषाहरूका साथै संस्कृत भाषाको पनि विकास हुनुपर्छ। यस दिशामा संस्कृत विश्वविद्यालयहरूले सक्रिय भूमिका निभाउनुपर्छ।

यस अवसरमा मुख्यमन्त्री देवेन्द्र फडणवीस, उच्च शिक्षा मन्त्री चन्द्रकान्त पाटील, कुलगुरु डा. हरेराम त्रिपाठी, पूर्व कुलगुरु डा. पंकज चान्दे, डा. उमा वैद्य र निदेशक कृष्ण कुमार पाण्डे प्रमुख रूपमा उपस्थित थिए।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अमित शाहको सिलिगुरीमा जनसभा, बङ्गालमा चुनाव प्रचार समाप्त
प्रधानमन्त्रीले शनिवार ‘कर्मयोगी सप्ताह’ को शुभारम्भ गर्ने | BulletsIn
माता अन्नपूर्णा मन्दिरको शिखरमा रक्षा मन्त्री राजनाथ सिंह, मुख्यमन्त्री योगीले गरे ध्वजारोहण
प्रधानमन्त्री मोदीले ह्याट्रीक लगाउने छन्ः अनुराग ठाकुर
बाराबंकी जिल्लामा ट्रक र कार ठोक्किँदा महिला सहित छ जनाको मृत्यु, दुईको अवस्था गम्भीर

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article तुलसीदास एवं प्रेमचन्द जयन्तीमा विद्यासागर कलेज फर वुमनमा दुई दिवसीय विशेष व्याख्यान सम्पन्न
Next Article पर्वतझोड़ामा भाजपाको विशाल ऱ्याली, मन्त्री अशोक सिंघल पनि उपस्थित रहे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?