• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > रोगसँग हारिन् खालिदा जिया, छाडेर गइन् सशक्त राजनीतिक विरासत
International

रोगसँग हारिन् खालिदा जिया, छाडेर गइन् सशक्त राजनीतिक विरासत

CliQ INDIA
Last updated: December 30, 2025 1:25 pm
CliQ INDIA
Share
5 Min Read
SHARE

ढाका, 30 दिसम्बर (हि.स.)। बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष तथा देशकी पहिलो महिला प्रधानमन्त्री खालिदा जियाले आफु पछाडि सशक्त राजनीतिक विरासत छाडेर गएकी छन्। उनको आज बिहान ढाकास्थित एभरकेयर अस्पतालमा उपचारका क्रममा निधन भयो। बीएनपीको आधिकारिक फेसबुक पेजमा जनाइएअनुसार, “खालिदा जियाको निधन बिहान लगभग ६ बजी फज्रको नमाज सम्पन्न भएपछि भयो।” बीएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले पनि उनको निधनको पुष्टि गरेका छन्।

द डेली स्टार पत्रिकाको रिपोर्टअनुसार, ८० वर्षीया खालिदा जियालाई २३ नोभेम्बरमा एभरकेयर अस्पतालमा भर्ना गरिएको थियो। उनी मुटु र फोक्सोको सङ्क्रमणबाट पीडित थिइन् र निमोनियासँग पनि जुधिरहेकी थिइन्। यसै वर्ष ६ मईमा एभान्स मेडिकल केयरका लागि लण्डन गएर फर्किएपछि उनको नियमित स्वास्थ्य परीक्षण एभरकेयर अस्पतालमै हुँदै आएको थियो। १९९१ को आम निर्वाचनमा विजय हासिल गरेपछि उनले देशको नेतृत्व सम्हालेकी थिइन्।

उनले छोरा तारिक रहमान, बुहारी तथा नातिनीलाई पछाडि छाडेर गएकी छिन्। तारिक रहमान १७ वर्षको निर्वासनपछि २५ दिसम्बरमा बंगलादेश फर्किएका थिए। खालिदाका कान्छा छोरा अराफात रहमान कोकोको केही वर्षअघि मलेसियामा निधन भइसकेको छ। पूर्व प्रधानमन्त्रीलाई ८ फरवरी, २०१८ मा भ्रष्टाचारसम्बन्धी एक मुद्दामा जेल सजाय सुनाइएको थियो। कोरोना महामारीको समयमा २५ मार्च, २०२० मा केही सर्तसहित उनलाई अस्थायी रिहाई दिइएको थियो।

खालिदा जियाको जन्म सन् १९४५ मा जलपाइगढीमा भएको थियो। प्रारम्भिक शिक्षा उनले दिनाजपुर मिशनरी स्कूलमा लिएकी थिइन् र सन् १९६० मा दिनाजपुर गर्ल्स स्कूलबाट म्याट्रिक उत्तीर्ण गरेकी थिइन्। उनका पिता इस्कन्दर मजुमदार व्यवसायी थिए भने माता तैयबा मजुमदार गृहिणी थिइन्। ‘पुतुल’ को नामले परिचित खालिदा तीन दिदीबहिनी र दुई दाजुभाइमध्ये दोस्रो सन्तान थिइन्।

सन् १९६० मा उनको विवाह जिया–उर–रहमानसँग भएको थियो, जो पाकिस्तान सेनामा क्याप्टेन थिए। सन् १९७१ को मुक्ति युद्धका क्रममा जिया–उर–रहमानले विद्रोह गर्दै युद्धमा सक्रिय सहभागिता जनाएका थिए। ३० मई, १९८१ मा जिया–उर–रहमानको हत्या भएपछि बीएनपी गम्भीर संकटमा परेको थियो। त्यही कठिन समयमा खालिदा जिया पार्टीमा सक्रिय भइन् र १२ जनवरी, १९८४ मा उपाध्यक्ष बनिन्। १० मई १९८४ मा उहाँ पार्टी अध्यक्षमा निर्वाचित भइन्।

खालिदा जियाको नेतृत्वमा बीएनपीले सन् १९८३ मा विभिन्न दलहरूसँग गठबन्धन गर्दै इरशादको तानाशाही शासनविरुद्ध आन्दोलन शुरु गर्‍यो। जोखिमको बावजुद उनले आन्दोलन निरन्तर जारी राखिन्। सन् १९९१ को निर्वाचनमा बीएनपी एकल बहुमतसहित विजयी भयो। खालिदाले लगातार तीन संसदीय निर्वाचनमा पाँच–पाँच स्थानबाट उम्मेदवारी दिई सबै स्थानमा विजय हासिल गरिन्। २० मार्च, १९९१ मा उनले बंगलादेशकी पहिलो महिला प्रधानमन्त्रीको रूपमा शपथ लिइन्।

खालिदा १५ फरवरी, १९९६ मा सम्पन्न आम निर्वाचनमा विजयपछि दोस्रो पटक प्रधानमन्त्री बनिन्। यद्यपि, उक्त निर्वाचनलाई प्रमुख विपक्षी दलहरूले बहिष्कार गरेका थिए। त्यसपछि निष्पक्ष कार्यवाहक सरकारको व्यवस्था गर्न संविधान संशोधन गरियो र संसद विघटन भयो। ३० मार्च, १९९६ मा खालिदा जियाले सत्ता कार्यवाहक सरकारलाई सुम्पिन्। १२ जून, १९९६ मा जस्टिस मोहम्मद हबीबुर रहमानको नेतृत्वमा सम्पन्न निर्वाचनमा बीएनपी अवामी लिगसँग पराजित भयो। १९९६–२००१ को अवधिमा खालिदा जिया राष्ट्रिय संसदमा विपक्षी दलकी नेता रहिन्।

१ अक्टोबर, २००१ मा जस्टिस लतीफुर रहमानको नेतृत्वमा भएको निर्वाचनमा बीएनपी नेतृत्वको चार दलको गठबन्धनले दुई–तिहाइभन्दा बढी सिट जित्यो। १० अक्टोबर, २००१ मा खालिदा जियाले तेस्रो पटक प्रधानमन्त्रीको रूपमा शपथ लिइन्। सन् २००७ मा सेना समर्थित कार्यवाहक सरकारले सत्ता सम्हालेपछि उनी लगायत अवामी लिग अध्यक्ष शेख हसिनासहित अन्य नेताहरूलाई जेल हालियो। पछि रिहा भई २००८ को निर्वाचनमा सहभागी भइन्, तर बीएनपी पराजित भयो।

२०१४ को संसदीय निर्वाचनमा बीएनपी सहभागी भएन र सन् १९९१ पछि पहिलो पटक संसदबाहिर रहन बाध्य भयो। ८ फरवरी, २०१८ मा ढाकाको विशेष अदालतले जिया अनाथालय ट्रस्ट भ्रष्टाचार मुद्दामा उनलाई पाँच वर्षको जेल सजाय सुनायो, जुन पछि उच्च अदालतले बढाएर १० वर्ष पुर्‍यायो। पछि जिया च्यारिटेबल ट्रस्ट भ्रष्टाचार मुद्दामा पनि उनलाई दोषी ठहराइयो।

कोरोना महामारीका बेला तत्कालीन अवामी लिग सरकारले २५ मार्च, २०२० मा कार्यकारी आदेशमार्फत उनलाई अस्थायी रूपमा रिहा गर्‍यो। सर्तअनुसार उनी गुलशनस्थित आफ्नै निवासमा रहने र देश नछोड्ने व्यवस्था गरिएको थियो। यसै वर्ष ६ अगस्तमा बीएनपी प्रमुख खालिदा जियालाई पूर्ण रूपमा रिहा गरिएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

मध्यपूर्वमा चर्को तनावका बीच लुफ्थान्साले तेहरान उडान रोकेको छ
पाकिस्तानले कुनार सीमामा भएको घातक झडपपछि खुला युद्ध घोषणा गर्यो, काबुल र इस्लामाबादले ठूलो संख्यामा हताहत भएको दाबी गरिरहेका छन्।
अमेरिकी बहुराष्ट्रिय कम्पनी बोइङबाट बंगलादेशले १४ वटा विमान किन्ने, बीबीएको निर्णय
प्रहरीले सिड्नी चर्चमा छुरा प्रहारलाई धार्मिक उग्रवादबाट प्रेरित आतंकवादी ऐन घोषणा गरेको छ
इस्लामिक स्टेटले लियो काबुल विस्फोटको जिम्मेवारी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article कन्चनजङ्घा विन्टर टुरिज्म फेस्टिभल 2025 जारी
Next Article प्रधानमन्त्री मोदीले खालिदा जियाको निधनमा शोक व्यक्त गरे
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?