नयॉं दिल्ली/इस्लामाबाद, 15 दिसम्बर (हि.स.)। छिमेकी राष्ट्र पाकिस्तानमा आज, शुक्रवार बिहान लगभग 9:13 बजी भुॅंइचालोको झट्का महसूस गरियो। रिक्टर स्केलमा भुॅंइचालोको तीव्रता 4.2 मापिएको छ। उक्त जानकारी नयॉं दिल्लीमा नेशनल सेण्टर फर् सीस्मोलोजी (एनसीएस) दिएको हो।
एनसीएस अनुसार, पाकिस्तानबाट अहिलेसम्म ज्यानमाललाई नोक्सान पुगेको कुनै सूचना छैन। उल्लेखनीय छ, यस अघि पाकिस्तानमा चार दिसम्बरमा पनि भुॅंइचालोको झट्का महसूस गरिएको थियो।
हिन्दुस्थान समाचार/बिशाल
