
राँची, 21 दिसम्बर (हि.स.)। हजारीबाग जिल्ला अधिनस्थ कटकमदाग थाना क्षेत्रको रसुलीगञ्जमा निसासिएर चारजना मानिसहरूको मृत्यु भएको छ।
भनिन्छ, गए बुधवार राती एउटै परिवारका केही मानिसहरू जाड़ोदेखि बच्नका लागि कोठाभित्र कोइला बालेर सुतिरहेका थिए। कोठाको ढोका बन्द थियो जसले गर्दा चारजना मानिसहरूको निसासिएर मृत्यु भयो र तीनजनाको अवस्था गम्भीर छ। यिनीहरू सबै बिहारका वासिन्दा थिए।
उल्लेखनीय छ, विगत 21 दिसम्बर, 2021-मा पनि हजारीबाग शहरको पेलावल-रोमीमा यसरी नै निसासिएर तीनजना मानिसहरूको मृत्यु भएको थियो। यिनीहरू कोठाभित्र अङ्गेटी तथा रूम हिटर बालेर सुतिरहेका थिए।
हिन्दुस्थान समाचार/उष्णता
