ब्यूनस आयर्स, 20 नोभेम्बर (हि.स.)। अर्जेण्टीनाको आउॅंदो राष्ट्रपति दक्षिणपन्थी नेता जेवियर माइली हुनेछन्। आइतवार निर्वाचित राष्ट्रपतिको रूपमा आफ्नो पहिलो सम्बोधनमा माइलीले भने, ‘देशको स्थिति गम्भीर छ।’ उनले राष्ट्रपति पद सम्हालेपछि ठूलो परिवर्तन गर्ने वाचा गरेका छन्। जेवियर माइलीले भने, ‘आजदेखि अर्जेण्टीनाको पुनर्निर्माण शुरू भइरहेको छ।’
अर्जेण्टीनाको चुनाउ प्राधिकरण अनुसार, चुनाउमा जेवियर माइलीलाई 55.8 प्रतिशत र अर्थव्यवस्था मन्त्री सर्जियो मस्सालाई 44.2 प्रतिशत भोट प्राप्त भयो। द न्यूयर्क टाइम्स अनुसार, अमेरिकामा दक्षिणपन्थी उदारवादी जेवियर माइलीको तुलना डोनाल्ड जे. ट्रम्पसॅंग गरिन्छ। 53 वर्षीय माइली एक अर्थशास्त्री हुन्, तर उनीसॅंग सही अर्थमा कुनै राजनीतिक अनुभव भने छैन। उनले देशको अर्थव्यवस्थालाई कसरी पटरीमा ल्याउने छन्, त्यो ठूलो प्रश्न छ।
माइलीले खर्च र करमा कटौली गर्ने, अर्जेण्टीनाको केन्द्रिय ब्याङ्कलाई बन्द गर्ने र देशको मुद्रालाई अमेरिकी डलरमा बद्ली गर्ने वाचा गरेका छन्। उनले गर्भपतमा प्रतिबन्ध लगाउने, बन्दूकको नियमहरूमा नियम शिथिल गर्ने र अर्जेण्टीनाका सहयोगीको रूपमा समाजवाद विरूद्ध लड्न चाहने देशहरूसॅंग विचार गर्ने प्रस्ताव दिएका छन्।
उल्लेख्य, अर्जेण्टीना लेटिन अमेरिकाको तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको देश हो। आज यो देश मुद्रास्फीति, बढ्दो महॅंगाई र गरीबीको समस्याले पीड़ित बन्न पुगेको छ।
हिन्दुस्थान समाचार/बिशाल
