मुम्बई, 28 नोभेम्बर (हि.स.)। पुणे पुलिसको टीमले ड्रग माफिया ललित पाटिल मामिलामा ससून अस्पतालका एकजना कर्मचारीलाई पक्राउ गरेको छ। ससून अस्पतालका कर्मचारी महेन्द्र शेवटेमाथि ललित पाटिललाई अस्पतालबाट भाग्नमा सहयोग गरेको आरोप छ।
पुलिस अनुसार ड्रग माफिया ललित पाटिल ससून अस्पतालमा उपचारको क्रममा भागेका थिए। त्यसपछि मुम्बई पुलिसको टीमले ललित पाटिललाई चेन्नईको एक होटलबाट पक्राउ गरेको थियो। गहन अनुसन्धान पश्चात एउटा ठूलो ड्रग सिन्डिकेट अघि आएको छ।
पुलिसको भनाइ छ, महेन्द्र शेवटे ड्रग माफिया ललित पाटिलका विशेष व्यक्ति थिए र उसैले उसको ड्रग सिन्डिकेट सम्हाल्थे। हाल पुलिसले महेन्द्र शेवटेसित गहन जाँचबुझ गरिरहेको छ। यस मामिलामा ससून अस्पतालका अन्य कर्चमारीहरूसित पनि जाँचबुझ भइरहेको छ।
हिन्दुस्थान समाचार/उष्णता
