• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > लुम्बिनी न्युज फेस्टिभलमा सहभागिताका लागि सिक्किमको पत्रकार टोली पुग्यो लुम्बिनीमा, तीन दिनसम्म चल्नेछ महोत्सव
Regional

लुम्बिनी न्युज फेस्टिभलमा सहभागिताका लागि सिक्किमको पत्रकार टोली पुग्यो लुम्बिनीमा, तीन दिनसम्म चल्नेछ महोत्सव

CliQ INDIA
Last updated: December 28, 2025 3:30 am
CliQ INDIA
Share
3 Min Read
SHARE

लुम्बिनी, 27 दिसम्बर (हि.स.)। आइतबारदेखि सुरु हुन गइरहेको तेस्रो लुम्बिनी न्युज फेस्टिभल तथा लुम्बिनी प्रेस क्लबको स्थापना दिवस कार्यक्रममा सहभागिता जनाउन प्रेस क्लब अफ सिक्किमका अध्यक्ष भीम राउतको नेतृत्वमा चार सदस्यीय पत्रकार टोली शनिबार लुम्बिनी आइपुगेको छ। टोलीमा पत्रकार रुद्र कौशिक, एनबी घिमिरे र सुवेन प्रधान रहेका छन्।

लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धन तथा पत्रकारितासम्बन्धी मुद्दामा बहस गर्ने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनी, नेपालमा आयोजना हुन लागेको तेस्रो लुम्बिनी न्युज फेस्टिभल लुम्बिनी प्रेस क्लबको आयोजनामा तीन दिनसम्म सञ्चालन हुनेछ। यसअघि यो फेस्टिभल २०१९ र २०२३ मा आयोजना गरिएको थियो।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीका अनुसार, २०१९ को दिसम्बरमा आयोजना गरिएको पहिलो फेस्टिभलमा काठमाडौँबाट ५० भन्दा बढी अग्रज सम्पादक तथा पत्रकार सम्बद्ध संस्थाका प्रतिनिधिसहित नेपालभरका करिब ३०० जनाको सहभागिता रहेको थियो। दोस्रो फेस्टिभल २०२३ मा स्थानीयस्तरमा आयोजना गरिएको थियो। यसपटक भारतबाट मात्रै करिब ४० जना पत्रकार सहभागी हुनेछन् भने काठमाडौँबाट आधा दर्जन अग्रज पत्रकारको सहभागिता रहनेछ।

भारतका सिक्किम, नयाँ दिल्ली, लखनउ, अयोध्या, काशी, गोरखपुर र महाराजगन्जबाट स्थानीय तथा राष्ट्रियस्तरका पत्रकार सहभागी हुनेछन्। यसका साथै नेपालको चितवन, पोखरा र बर्दियाबाट पर्यटन व्यवसायी तथा सञ्चारकर्मी पनि सहभागी हुनेछन्।

प्रेस क्लबका महासचिव प्रकाश न्यौपानेका अनुसार, शनिबार साँझ साइटसिन र मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन गरी फेस्टिभलको औपचारिक सुरुआत गरिनेछ। आइतबार बिहान ८ बजी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले फेस्टिभलको उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपछि नेपाल-भारतका सञ्चारकर्मी तथा पर्यटन सरोकारवालाको सहभागितामा विभिन्न शीर्षकमा तीन सत्र सञ्चालन गरिनेछ।

सोमबार बिहान लुम्बिनीको पर्साचोकबाट मायादेवी मन्दिरसम्म ‘पिस हेरिटेज वाक’ आयोजना गरिनेछ। त्यसपछि एक घण्टा पत्रकार आचारसंहिता सम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। फेस्टिभलको समापनसँगै लुम्बिनी प्रेस क्लबको ११ औँ स्थापना दिवस मनाइनेछ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, नेपालको मूलधारका छापा, टेलिभिजन तथा अनलाइन मिडियाका सम्पादक, लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरू, विभिन्न नेता तथा अधिकारीहरू, प्रदेशका १२ जिल्लाका पत्रकार महासङ्घका अध्यक्ष, पर्यटन व्यवसायी, उद्योगी, सामाजिक सङ्घसंस्था, विद्यार्थी तथा सर्वसाधारणको सहभागिता रहनेछ। करिब ४० मिडियाबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा ५ सयभन्दा बढी सहभागी हुने अनुमान गरिएको छ।

उद्घाटन सत्रपछि ‘सीमापार सम्बन्धः आवश्यकता र सम्भावना’, ‘लुम्बिनीः लगानी र पर्यटनको सामर्थ्य’ तथा ‘पत्रकारितामा प्रश्नः जिम्मेवारी र जवाफदेहिता’ जस्ता विषयमा पनि प्यानल छलफल हुने बताइएको छ।

—————

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

हावड़ामा दुई ठाउँ भयानक आगलागी, जुट गोदाम जलेर खरानी
नूरपुरमा हेरोइनको साथ धर्मशालाको युवक पक्राउ
मुख्यमन्त्रीले होमन बरगोहाईलाई जन्मदिनमा श्रद्धाञ्जली अर्पण गरे
पाँच डाँका पक्राउ, कार जफत
डीए आन्दोलनः नवान्न नजिक भिड़े पुलिस र प्रदर्शनकारी

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article सीडब्ल्यूसीको बैठकमा उठ्यो मनरेगा समाप्त गरिने मुद्दा, देशव्यापी आन्दोलनको तयारी
Next Article सांसद काकोली घोष दस्तीदारको परिवारका चार सदस्यलाई एसआईआर सुनवाईको नोटिस
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?