उत्तर 24 परगना, 04 दिसम्बर (हि.स.)। जिल्लामा खड़दह थानाको पुलिसले गए बुधवार राति 21 किलो गाँजासितै एक जना व्यक्तिलाई पक्राउ गरेको छ।
पुलिस सूत्र अनुसार प्राप्त सूचनाको आधारमा खड़दह थाना पुलिसले गए बुधवार राति कड़दह जुट मिल नजिकको क्षेत्रमा एक विशेष अभियान संचालन गऱ्यो। यसै अवधि पुलिसले एक जना संदिग्ध व्यक्तिलाई समातेर उसको जाँच गऱ्यो जसमा लगभग 21 किलोग्राम गाँजाले भरिएको तीन वटा ब्याग भेटियो।पुलिसले उक्त गाँजालाई जफत गरी आरोपीलाई पक्राउ गऱ्यो।
पुलिस अनुसार आरोपी विरूद्ध सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरिएको छ। यो पनि बताइयो, नशा तस्करी तथा अन्य आपराधिक गतिविधिहरू विरूद्ध ब्यारकपुर पुलिस कमिश्नरेटले लगातार अभियान चलाइरहेको छ भने यो पनि कारबाही त्यै अभियान अन्तर्गत गरिएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
