पश्चिम मेदिनीपुर, 28 नोभेम्बर (हि.स.)। नारायणगढ़मा गए बिहीवार अबेर राती ओडिशा गइरहेको सब्जी लादिएको एउटा लरी राष्ट्रिय राजमार्गमा पल्टियो जसमा दुईजना मानिसहरू घाइते भए।
घटना अबेर राती नारायणगढ़ थाना अन्तर्गत कुचलीको खड़गपुर–बालेश्वर राष्ट्रिय राजमार्ग-16 मा भएको हो। जानकारी अनुसार कोलकातादेखि सब्जी लिएर ओडिशा गइरहेको एउटा लरी अचानक यान्त्रिकी खराबीको कारणले अनियन्त्रित भएर सड़कको डिभाइडरमाथि चढ़ेर पल्टियो। यस घटनामा लरीमा सवार दुईजना मानिसहरू घाइते भए।
सूचना पाए लगत्तै राष्ट्रिय राजमार्ग प्राधिकरणको टीम र नारायणगढ़ थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिस र एनएच प्राधिकरणको संयुक्त प्रयासमा घाइतेहरूलाई तत्कालै बेलदा सुपर स्पेशियलिटी अस्पतालमा पठाइयो। दुर्घटनापछि केही समयसम्म राष्ट्रिय राजमार्गमा यातायात बाधित रह्यो जसलाई पछि पुलिस र एनएच कर्मीहरूले मिलेर सामान्य बनाए। दुर्घटनाग्रस्त लरीलाई पनि सड़कबाट हटाएर मार्गलाई पूर्ण रूपले बहाल गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
