तिनसुकिया, 18 नोभेम्बर (हि.स.)। अरूणाचल प्रदेश जानका लागि यात्रा गरिरहेका जम्मू-कश्मीरका 44 मजूदरहरूलाई असमको न्यू तिनसुकिया रेलवे स्टेशनमा स्थानीय मानिसहरूले सन्देहको आधारमा रोके। पुलिसद्वारा पहिचान र दस्तावेजहरूको जाँच गरिएपछि सबैलाई जाने अनुमति दिइयो।
यी सबै मजदूर जम्मू-कश्मीरको डोडा र किश्तवाड़ जिल्लाका बासिन्दा हुन्। चण्डीगढ़बाट आएको ट्रेनबाट उर्लिनसाथ केही मानिसहरूले उनीहरूलाई रोके औं अधिकारीहरूसित उनीहरूको पहिचानको पुष्टि गर्ने माग गरे। स्टेशन परिसरबाट अघि आएको भीडियोमा मजदूरहरूलाई स़ड़क छेउ बसेको देखाइयो जबकि केही मानिसहरूले 10 नोभेम्बरमा दिल्लीको लाल किल्ला निकट भएको ब्लास्टको उल्लेख गर्दै सन्देहास्पद मानिसहरूमाथि चिन्ता व्यक्त गरिरहेका थिए।
तिनसुकियाका एसएसपी मयंक कुमारले मंगलवार मीडियालाई बताए, यी सबै कुशल मजदूरहरू अरूणाचल प्रदेशमा पावर ग्रिड प्रोजेक्टमा काम गर्न एक ठेकेदारको साथ गइरहेका थिए। यहाँ उनीहरू अघिको यात्राको निम्ति उर्लेका थिए। मानिसहरूले सन्देह व्यक्त गरेपछि पुलिसले उनीहरूको पहिचान र दस्तावेजहरूको जाँच गऱ्यो। सबैकुरा सही पाइयो र उनीहरूलाई जान दिइयो।
घटना यस्तो समय भएको छ जब दिल्ली ब्लास्टपछि असममा तनावको माहोल छ। राज्य सरकारले सोशल मीडियामा “आतङ्कवादको समर्थन” आशंका भएका पोस्टरहरूलाई लिएर कारबाही तीव्र गरेको छ र अहिलेसम्म 21 जनालाई असममा पक्राउ गरिएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
