२२ अक्टोबर, २००८ मा भारतले अन्तरिक्ष इतिहासमा नयाँ अध्याय लेख्यो, जब भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) ले देशको पहिलो चन्द्र अभियान ‘चन्द्रयान-१’ सफलतापूर्वक प्रक्षेपण गर्यो। यो प्रक्षेपण श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिएको थियो।
यस अभियानको उद्देश्य चन्द्रमाको सतहको अध्ययन गर्नु, त्यहाँका खनिजहरूको संरचना पत्ता लगाउनु र पानीको उपस्थितिको जाँच गर्नु थियो। चन्द्रमाको सतहमा पानीका अणुहरूको उपस्थितिको पुष्टि गर्दै चन्द्रयान-१ ले आफ्नो अभियानका क्रममा पठाएका तथ्याङ्कहरूले ऐतिहासिक खोज गर्यो, जसले विश्वभर भारतको वैज्ञानिक क्षमताको प्रशंसा गरायो।
यो अभियान भारतका लागि अन्तरिक्ष अनुसन्धानको क्षेत्रमा एउटा कोसेढुङ्गा सावित भयो र इस्रोलाई विश्वका अग्रणी अन्तरिक्ष एजेन्सीहरू मध्ये एकको रूपमा स्थापित गर्यो।
अन्य महत्वपूर्ण घटनाहरू
१७९६ – पेशवा माधवराव द्वितीयले आत्महत्या गरे।
१८६७ – कोलम्बियाको नेशनल युनिभर्सिटीको आधारशिला राखियो।
१८७५ – अर्जेन्टिनामा पहिलो टेलिग्राफिक जडान सुरु भयो।
१८७९ – बासुदेव बलवानी फडकेविरुद्ध बेलायती शासनविरुद्धको पहिलो देशद्रोह मुद्दा दायर।
१८८३ – न्युयोर्कमा ओपेरा हाउस उद्घाटन।
१९६२ – भारतको सबैभन्दा ठूलो बहुउद्देश्यीय नदी परियोजना ‘भाखरा नांगल’ राष्ट्रलाई समर्पित।
१९६४ – फ्रान्सेली दार्शनिक र लेखक ज्याँ पाल सार्त्रले नोबेल पुरस्कार अस्वीकार गरे।
१९७५ – ‘भिनस-९’ अन्तरिक्षयानले शुक्र ग्रहमा अवतरण गर्यो।
१९७५ – टर्कीका राजनयिकको भियना शहरमा गोली हानी हत्या।
२००४ – अंकटाड प्रतिवेदनअनुसार विदेशमा लगानीको हिसाबले भारत १४औं स्थानमा। सीका सम्मेलनमा सदस्य राष्ट्रहरूले आतंकवादविरुद्ध संयुक्त रूपमा लड्ने संकल्प गरे।
२००६ – अफगानिस्तानमा ठूलो मात्रामा लागुऔषध बरामद।
२००७ – चिनियाँ राष्ट्रपति हु जिन्ताओ दोस्रो कार्यकालका लागि चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख बने।
२००८ – इस्रोले भारतको पहिलो चन्द्र अभियान ‘चन्द्रयान-१’ प्रक्षेपण गर्यो, जसले चन्द्रमामा पानीको उपस्थिति पत्ता लगायो।
२००८ – श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान-१ सफलतापूर्वक प्रक्षेपण।
२०१४ – माइकल जेहाफ बिडायुले क्यानडाको संसद भवनमा आक्रमण गरे, जसमा एक सैनिकको मृत्यु र तीन जना घाइते।
२०१६ – भारतले ईरानलाई हराउँदै तेस्रोपटक कबड्डी विश्वकप जित्यो।
जन्म
१८७३ – स्वामी रामतीर्थ – व्यवहारिक वेदान्तका शिक्षक र हिन्दू धार्मिक नेता।
१९०० – अशफाक उल्ला खान – प्रसिद्ध स्वतन्त्रता सेनानी।
१९०३ – त्रिभुवनदास कृषिभाई पटेल – सामुदायिक नेतृत्वकर्ता।
१९३१ – ब्रिगेडियर भवानी सिंह – जयपुरका महाराजा तथा महावीर चक्र सम्मानित।
१९३५ – डी. वाई. पाटिल – भारतीय राजनीतिज्ञ र समाजसेवी।
१९३७ – कादर खान – प्रसिद्ध फिल्म अभिनेता।
१९४७ – अदम गोंडवी – भारतीय कवि।
१९५२ – ए. एस. किरण कुमार – भारतका प्रसिद्ध वैज्ञानिक।
निधन
१६८० – महाराणा राजसिंह – मेवाडका शासक।
१८९३ – दिलीप सिंह – पंजाबका महाराज रणजीत सिंहका कान्छा छोरा।
१९३३ – विठ्ठलभाई पटेल – सरदार पटेलका दाजु तथा स्वतन्त्रता सेनानी।
१९५४ – ठाकुर प्यारेलाल सिंह – छत्तीसगढमा श्रमिक आन्दोलन र सहकारिता आन्दोलनका प्रणेता।
१९५४ – जीवनानन्द दास – बांग्ला भाषाका प्रसिद्ध कवि र लेखक।
१९८६ – ये जियानयिङ – चीनका सेनाध्यक्ष।
—————
हिन्दुस्थान समाचार / भवानी थामी
