• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > National > इतिहासका पानाहरूमा २८ अक्टोबर : २०११ मा व्यङ्ग्य विधाका प्रसिद्ध साहित्यकार श्रीलाल शुक्लको निधन
National

इतिहासका पानाहरूमा २८ अक्टोबर : २०११ मा व्यङ्ग्य विधाका प्रसिद्ध साहित्यकार श्रीलाल शुक्लको निधन

CliQ INDIA
Last updated: October 27, 2025 3:16 pm
CliQ INDIA
Share
3 Min Read
SHARE

हिन्दी साहित्य जगतका ख्यातिप्राप्त व्यङ्ग्यकार श्रीलाल शुक्लको निधन सन् २०११ मा भयो। उनी आफ्नो तीक्ष्ण व्यङ्ग्य र सामाजिक यथार्थमा आधारित लेखनका लागि परिचित थिए। उनको प्रसिद्ध कृति ‘राग दरबारी’ ले उनलाई घर–घरमा चर्चित बनायो र हिन्दी साहित्यमा व्यङ्ग्य विधालाई नयाँ पहिचान दिलायो। यस उपन्यासमा उनले स्वतन्त्र भारतको ग्रामीण जीवन, नौकरशाही र सामाजिक व्यवस्थामा प्रहार गरेका छन्।

श्रीलाल शुक्लले आफ्नो लेखनमार्फत राजनीति, नौकरशाही र ग्रामीण भारतका सच्चाइहरूलाई हास्य र व्यङ्ग्यका माध्यमबाट उजागर गरे। उनका अन्य प्रमुख कृतिहरूमा सीमाएं टूटती हैं, मकान, र पहला पड़ाव सामेल छन्।

साहित्य क्षेत्रमा उनको योगदानको कदरस्वरूप उनलाई साहित्य अकादमी पुरस्कार, भारतीय ज्ञानपीठ पुरस्कार, र पद्म भूषण जस्ता सम्मानहरू प्राप्त भएका थिए। श्रीलाल शुक्लको निधन हिन्दी साहित्यका लागि एक अपूरणीय क्षति मानिन्छ।

उनलाई उत्कृष्ट योगदानका लागि साहित्य अकादमी पुरस्कार (१९६९), भारतीय ज्ञानपीठ पुरस्कार (२००९) र पद्म भूषण (२००८) जस्ता सम्मानहरू प्रदान गरिएका थिए। उनका रचनाहरूले समाजका विसंगतिहरू, राजनीतिक पाखण्ड र मानवीय कमजोरीहरूलाई उजागर गर्छन्। आज पनि उनका रचनाहरू सामाजिक यथार्थको ऐना मानिन्छन्। श्रीलाल शुक्लले आफ्नो लेखनद्वारा यो प्रमाणित गर्नुभयो कि व्यङ्ग्य केवल हँसाउने माध्यम होइन, सोच्न र आत्ममूल्यांकन गर्न प्रेरित गर्ने साधन हो।

महत्वपूर्ण घटनाक्रम

१८८६ – अमेरिकाका तत्कालीन राष्ट्रपति ग्रोभर क्लिभल्यान्डले फ्रान्सबाट उपहारस्वरूप प्राप्त ‘स्ट्याच्यु अफ लिबर्टी’को औपचारिक अनावरण गरे।

१८९१ – जापानमा आएको भूकम्पबाट ७३०० जनाको मृत्यु।

१९१८ – अस्ट्रिया र हंगेरी छुटिएपछि चेकोस्लोभाकिया स्वतन्त्र भयो।

१९५४ – अर्नेस्ट हेमिङ्वेले साहित्यको नोबेल पुरस्कार प्राप्त गरे।

१९५५ – इजिप्ट र साउदी अरबले रक्षा सन्धि गरे।

१९९८ – इन्टरपोलको ६७औं महासभा आधुनिक अपराध र आतंकवादविरुद्ध नयाँ रणनीतिसहित सम्पन्न भयो।

२००१ – जर्मनीका चान्सलर गेर्हार्ड श्रोडर भारत भ्रमणमा आए। सोही वर्ष जापानका प्रधानमन्त्री जुनीशिरो कोइजुमीका विशेष दूत योसितो मोरी पनि भारत भ्रमणमा आए।

२००४ – बेइजिङमा ४००० वर्ष पुराना मकबराहरूको खोज। इरानसँग युरोपेली संघको परमाणु वार्ता असफल।

२००९ – पाकिस्तानको पेशावरमा बम विस्फोटबाट ११७ जनाको मृत्यु र २१३ घाइते।

२०१२ – सिरियामा युद्धविराम उल्लंघन, १२८ जनाको मृत्यु।

२०१२ – जर्मनीका सेबास्टियन भेटेलले सन् २०१२ को फर्मुला वन इन्डियन ग्रान्ड प्री उपाधि जिते।

जन्म

१८८३ – मौरिस गार्नियर हेल्लेट – भारत सरकारका गृह सचिव।

१९५५ – बिल गेट्स – माइक्रोसफ्टका संस्थापक (वासिङ्टन, अमेरिका)।

१९५८ – अशोक चव्हाण – भारतीय राष्ट्रिय काङ्ग्रेसका राजनीतिज्ञ।

१९६३ – उर्जित पटेल – भारतीय रिजर्भ बैंकका २४औं गभर्नर।

१९३० – अञ्जान – हिन्दी फिल्मका प्रसिद्ध गीतकार र शायर।

१८७१ – अतुल प्रसाद सेन – विधिवेत्ता, शिक्षाप्रेमी, रचनाकार तथा बङ्गाली कवि–सङ्गीतकार।

१८६७ – सिस्टर निवेदिता – स्वामी विवेकानन्दकी सहयोगी, शिक्षिका र समाजसेवी।

निधन

२०२१ – माधवन कृष्णन नायर – ख्यातिप्राप्त क्यान्सर विशेषज्ञ र क्षेत्रीय क्यान्सर केन्द्रका संस्थापक निर्देशक।

२०१६ – शशिकला काकोदकर – गोवाकी पूर्व मुख्यमन्त्री।

२०१३ – राजेन्द्र यादव – प्रसिद्ध उपन्यासकार।

२०११ – श्रीलाल शुक्ल – विख्यात व्यङ्ग्य लेखक।

१९०० – म्याक्स मूलर – जर्मन संस्कृतविद्, प्राच्य विद्या विशेषज्ञ, लेखक तथा भाषाविद्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

अमित शाहको छत्तीसगढको नारायणपुर भ्रमण रद्द, आज रायपुरमा सुरक्षा कमाण्डरहरूसँग भेट गर्ने
इतिहासको पानामा 24 सेप्टेम्बरः 2014 मा भारतले मंगलयानलाई मंगलको कक्षामा सफलतापूर्वक स्थापित गऱ्यो
उत्तर प्रदेशको बुलन्दशहरमा भीषण सड़क दुर्घटना, 8 को मृत्यु
राजस्थानका मुख्यमन्त्री भजनलाल शर्माले पश्चिम बंगालमा गरे रोड शो
बलिउड अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article भिड़न्तमा पच्चीस हजार इनामी बदमाश गोली लाग्दा घाइते
Next Article शेयर मार्केटमा निवेशको प्रलोभन दिएर रिटायर्ड इन्जीनियरबाट 80 लाख रूपियाँको ठगी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?