मुम्बई, 19 सेप्टेम्बर (हि.स.)। मुम्बई उच्च न्यायालयमा शुक्रवार बिहान फेरि बम राखिएको धम्की पाउँदा परिसरमा सनसनी फैलियो। यद्यपि, धम्कीको सूचना पाउनसाथ मुम्बई पुलिस बम निरोधक दस्ता सहित मुम्बई उच्च न्यायालय परिसरमा पुग्यो र कुना-कुनाको तलाशी लियो। तर कतैपनि केही भेटिएन। यसबाट पुलिस दलले राहतको सास लियो। यस धम्कीपछि मुम्बई उच्च न्यायालय परिसरमा पुलिस सुरक्षा बढ़ाइएको छ।
पुलिस सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, आज बिहान मुम्बई उच्च न्यायालयको ईमेलमा बम राखिएको धम्कीपूर्ण मेसेज पठाइएको थियो। यसको जानकारी न्यायालय प्रशासनले तत्काल पुलिसलाई दियो। यसपछि अदालत परिसरलाई खाली गराइयो। अदालत परिसरको गहन छानबीनपछि कतैपनि संदिग्ध भेटिएन, जसपछि न्यायालयको नियमित कामकाज शुरू भएको छ। पुलिसले अज्ञात व्यक्ति विरूद्ध मामिला दर्ता गरेको छ र अगाड़ीको जाँच जारी छ।
उल्लेख्य, मुम्बई उच्च न्यायालयमा यस अगाड़ी 12 सेप्टेम्बरमा यस्तै किसिमको धम्की पाइएको थियो, जसपछि सावधानी अन्तर्गत भवनलाई पूर्ण रूपमा खाली गराइएको थियो। त्यस समय पनि पूरा परिसरको गहन छानबीनपछि केही भेटिएको थिएन। पुलिसले फर्जी ईमेल म्यासेज पठाउने व्यक्तिलाई खोजीरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी
