नयॉं दिल्ली, 14 नोभेम्बर : केन्द्रिय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले मंगलवार केलिफोर्नियाको फ्रेमोण्टस्थित टेस्ला इंकको अत्याधुनिक विनिर्माण फ्याक्ट्री भ्रमण गरे। वाणिज्य मन्त्री अमेरिका यात्रामा छन्।
पीयूष गोयलले एक्समा लेखेका छन्, प्रतिभाशाली भारतीय अभियन्ताहरू र वित्त व्यावसायिकहरूलाई वरिष्ठ पदहरूमा काम गरिरहेको र गतिशीलतामा परिवर्तनको निम्ति टेस्लाको उल्लेखनीय यात्रामा योगदान दिइरहेको देख्दा धेरै खुशी लाग्यो। टेस्ला ईवी आपूर्ति श्रृंखलामा भारतबाट अटो कम्पोनेन्ट आपूर्तिकर्ताहरूको बढ्दो महत्व देखेर पनि गर्व लागेको छ। उनले एलन मस्कको सम्झाना गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
उल्लेखनीय छ, वाणिज्य मन्त्री गोयल भारत-प्रशान्त आर्थिक संरचना र एशिया-प्रशान्त आर्थिक सहयोगसॅंग सम्बन्धित देशहरूको बैठक र मन्त्रीस्तरीय कार्यक्रममा सामेल हुन 13 देखि 16 नोभेम्बरसम्म अमेरिकाको सेन फ्रान्सिस्कोको भ्रमणमा छन्।
