गुवाहाटी, 09 सेप्टेम्बर (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्माले मंगलवार आफ्ना मन्त्रीमण्डल सहयोगी तथा पञ्चायत एवं ग्रामीण विकास मन्त्री रञ्जीत कुमार दासलाई जन्मदिनको हार्दिक शुभकामना दिए।
मुख्यमन्त्रीले भने, रञ्जीत कुमार दास ग्रामीण असमको विकास अनि मानिसहरूसम्म कल्याणकारी योजनाहरूको लाभ पुऱ्याउनका लागि निरन्तर समर्पित रहिआएका छन्। उनले माँ कामाख्या एवं महापुरुष श्रीमन्त शंकरदेवसित प्रार्थना गरे, रञ्जीत कुमार दासको जीवन लामो, स्वस्थ एवं मंगलमय होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
