सिलगढ़ी, 20 अगस्त (हि.स.)। एनजेपी थाना पुलिसले बांकुड़ाको तृणमूल नेता सिंकन्दर खानको हत्याको मुख्य आरोपीलाई पक्राउ गरेको छ। आरोपीको नाम बापी खान हो। उसलाई सिलगढ़ी संलग्न फूलबाड़ी क्षेत्रबाट पक्राउ गरियो।
पुलिस सूत्रहरू अनुसार, आरोपी लामो समयदेखि भागिरहेको थियो। पुलिसले मंगलवार अबेर राति गुप्त सूचनाको आधारमा फूलबाड़ी क्षेत्रमा छापा मारेर आरोपीलाई पक्राउ गऱ्यो।
उल्लेख्य, यही महिना 12 अगस्तमा बांकुड़ामा तृणमूल नेता सिकन्दर खानको हत्या गरिएको थियो। यस घटनाले पूरा राज्यमा सनसनी फैलिएको थियो। यद्यपि, जाँचमा धेरै जनाको नाम अघि आयो तर मुख्य आरोपी बापी खान फरार थियो। पुलिसले आऱोपीलाई सिलगढ़ी संलग्न क्षेत्रबाट पक्राउ गरेको छ।
पुलिसले बतायो, आरोपीलाई अदालतमा पेश गरिनेछ औं ट्रान्जिट रिमान्डमा बांकुड़ा लगिनेछ। हत्याको पछाड़ी के कारण थियो र यसमा अझ् को-को सामेल छन्, यो जान्न उसित विस्तृत सोधपुछ गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी
