दक्षिण 24 परगना, 20 अगस्त (हि.स.)। कुलतली थाना क्षेत्रबाट एउटा गम्भीर मामिला समु आएको छ। पुलिसले एक जना नाबालिकको यौन शोषण गरेको आरोपमा एक जना मानिसलाई पक्राउ गरेको छ। आरोपीको नाम हबिबुल्लाह पियादा रहेको बताइएको छ। पुलिसले पियादा विरूद्ध पोक्सो एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ। बुधवार उसलाी बारूईपुर महकुमा अस्पतालमा पेश गरियो।
पुलिस सूत्र अनुसार पीड़िताको मेडिकल टेस्ट पूरा गरिएको छ। गुप्त बयान दर्ता गर्नको लागि अदालतमा विशेष आवेदन गरिनेछ।
आरोप छ, छिमेकी हबिबुल्लाहले पछिल्लो लामो समयदेखिकै उक्त नाबालिकको यौन शोषण गर्दै आइरहेको थियो। भनिन्छ, आरोपीकी पत्नी बिमार भएकीले घरको काम गर्न असमर्थ छे। त्यसैले नाबालिक घरेलु कामको निम्ति सहयोग गर्न प्रायः जसो नै आरोपीको घरमा जाने गर्दथी। यसै अवधि आरोपीले मौका छोपी नाबालिकलाई शारीरिक अत्याचार गर्दै आएको थियो।
नाबालिकले यस्तो पीड़ादायी घटनाको बारेमा आफ्नी छ्यामालाई बताई। त्यसपछि परिवारले तुरून्त कुलतली थानामा लिखित सिकायत दर्ता गरायो। सिकायतको आधारमा पुलिसले कारबाही गर्दै गए मंगलवार राति नै आरोपीलाई उसको घरबाटै पक्राउ गऱ्यो।
हाल आरोपीसित जाँचबुझ भइरहेको छ। तथापि हबिबुल्लाहको भनाइ छ, उसलाई षड़यन्त्र गरेर फसाइएको छ। उमाथि लगाइएको आरोप पूर्ण रूपले झुटो छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। अदालतबाट अनुमति पाएपछि पीड़िताको बयान दर्ता गराइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
