कोलकाता, 19 अगस्त (हि. स.)। कोलकाता पुलिसले गए सोमवार ठूलो कारबाही गर्दै मादक पदार्थ तस्करी गिरोहलाई समात्न सफल भएको छ। पुलिसले एसएसकेएम अस्पताल पोस्ट अफिस नजिकबाट गए सोमवार अबेर राति आरोपीहरूलाई 760 ग्राम हेरोइनसितै पक्राउ गऱ्यो। जिल्ला पुलिसले मंगलवार अपरान्ह बयान जारी गरी यस आशयको जानकारी गराएको छ।
पुलिस सूत्र अनुसार पक्रा पर्ने आरोपीहरूको पहिचान कोलकाताको बेहाला, पर्णश्री क्षेत्रका निवासी शुभंकर पाञ्जा (35) र सौरभ प्रधान (20)-को रूपमा भएको छ। यी दुवै आरोपी नदिया जिल्लाको पलाशीबाट बाइकमा सवार भएर कोलकाता मादक पदार्थ लिएर आइरहेका थिए।
यस अवधि पुलिसले आरोपीहरूबाट तीन वटा मोबाइल फोन, एक हजार 530 रुपियाँ नगद र बाइक पनि जफत गरेको छ। पुलिसको भनाइ छ, जफत गरिएको पाउडर हेरोइन हो।
कोलकाता पुलिसको नारकोटिक्स विंग र विशेष शाखाका अधिकारीहरूले संयुक्त रूपमा यो अभियान संचालन गरे। सोमवार राति दुवैलाई हिरासतमा लिएर जाँचबुझ गरियो भने मंगलवार बिहान आधिकारिक रूपमा पक्राउ गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
