नयाँ दिल्ली, 18 अगस्त (हि.स.)। बिहारमा आयोजित कांग्रेसको ‘भोटर अधिकार यात्रा’ को आज दोस्रो दिन हो। आजको यात्रामा राहुल गान्धी र यात्रामा सामेल अन्य नेताहरूले औरंगाबादको कुटुम्बादेखि गयाजीसम्म जनसम्पर्क गर्नेछन्। विशेष गहन पुनरीक्षण (एसआईआर) को विरोधमा जन-जागरूकताको निम्ति राहुल गान्धीले आइतवार सासारामबाट यो यात्रा शुरू गरेका छन्।
‘भोटर अधिकार यात्रा’ को दोस्रो दिन सोमवार औरंगाबादको देव रोड, कुटुम्बादेखि बिहान 8 बजी फेरि यात्रा शुरू भयो। यात्राको शुरू भएपछि सबै नेताहरूले बिहान 9.30 बजी देव सूर्य मन्दिर पुगेर भगवान भास्कर (सूर्यदेव) को पूजा-अर्चना गरे। यसपछि यस यात्रामा सामेल नेताहरू 11:30 बजी राहतगंजको ब्लक रोडमा मानिसहरूलाई भेट्न रोकिए। यात्रा टेहलारा, पातालगंगा, देव बायपास रोड, पुराना थाना मोड़ हुँदै सूर्यमन्दिर देव पुग्यो र फेरि त्यहाँबाट जीटी रोड (राष्ट्रिय राजमार्ग-2) हुँदै शिवगंजको बाटो वार बजारसम्म पुगेको छ। त्यहाँबाट यात्रामा सामेल सबै नेताहरू गयाजी जिल्लाको डाबूर, गुरारू पुग्नेछन् औं डाबूरमै भोजन गर्नेछन्। नेतागण यहाँ केही बेर आराम पनि गर्नेछन्।
गुरारूको बगदीहा मोड़, अहियापुर मोड़बाट साझँ 4 बजी यात्रा अगाड़ी बढ्नेछ। यस खण्डमा दाउदनगर-गया रोड, पंचानपुर, केवाली र दिल्ली ओवरब्रिज हुँदै साझँ 6.30 बजी गयाको खलीस पार्क चौकमा पुग्नेछ। यहाँ एक घण्टाको सार्वजनिक सम्बोधन हुनेछ र फेरि सबै नेताले आराम गर्नेछन्।
आजको राति सबै नेता विश्राम गर्न गयाजीको रसलपुर क्रिकेट ग्राउण्डतिर जानेछन्। खलिस पार्कबाट बायपास रोडको बाटो सबै नेतागण रसलपुर क्रिकेट ग्राउण्डसम्म पुग्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी
