• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > International > (संशोधित) बलुचिस्तानको सहमति बिना कसैले पनि बलुचिस्तानको स्रोतसाधन लिन सक्नेछैन: फ्री बलुचिस्तान मूवमेन्ट
International

(संशोधित) बलुचिस्तानको सहमति बिना कसैले पनि बलुचिस्तानको स्रोतसाधन लिन सक्नेछैन: फ्री बलुचिस्तान मूवमेन्ट

CliQ INDIA
Last updated: August 2, 2025 11:15 pm
CliQ INDIA
Share
10 Min Read
SHARE

नयाँ दिल्ली, 02 अगस्त (हि.स.)। पाकिस्तानबाट बलुचिस्तानको स्वतन्त्रताको लागि संघर्षरत बलुचिस्तान मुक्ति आन्दोलनले स्वतन्त्रता पाएपछि स्वतन्त्र देशको रूपमा यसको रूप, शासन प्रणाली र सामाजिक व्यवस्थालाई लिएर पूरा योजना तयार पारेको छ र विश्वव्यापी शक्तिहरूलाई बलुचिस्तानको स्रोतसाधन साझा गर्न पाकिस्तानको बाटो अपनाउनु नहुने सन्देश दिएको छ। फ्री बलुचिस्तान आन्दोलनका कार्यकर्ता मीर यार बलोचले हिन्दुस्थान समाचारको साथ भर्चुअल कुराकानीमा बलुचिस्तानको स्वतन्त्रताको घोषणापत्र एवं संविधानको मस्यौदा पनि साझा गरे।

यसमा भनिएको छ कि बलुचिस्तान एक धर्मनिरपेक्ष देश हुनेछ जहाँ धर्मको आधारमा कुनै भेदभाव हुनेछैन र प्रत्येक नागरिकलाई स्वेच्छाले कुनै पनि धर्म पालना गर्ने अधिकार हुनेछ। सबै नागरिकहरूलाई समान अधिकार हुनेछ। दस्तावेजमा भनिएको छ कि देशको शासन प्रणाली लोकतान्त्रिक हुनेछ र बलुचिस्तान राष्ट्रिय सेनाको काम केवल देशको सिमानाको रक्षा गर्नु हुनेछ र सेनामा सेवा गर्ने प्रत्येक अधिकारी वा सिपाहीलाई कुनै पनि व्यावसायिक गतिविधिमा भाग लिन निषेध गरिनेछ।

मध्य पूर्व मिडिया रिसर्च इन्स्टिच्युटमा बलुचिस्तान स्टडीज प्रोजेक्टका सल्लाहाकर मीर यार बलोच अनुसार, बलुचिस्तानको सपना वास्तविकताबाट धेरै टाढा छैन। बलुचिस्तान लिबरेशन चार्टरमा जुन स्वतन्त्र बलुचिस्तानको मानचित्र साझा गरिएको छ, त्यसमा इरानको आधा भाग र अफगानिस्तानको थोरै दक्षिणी भाग पनि सामेल छ। यसबारे सोध्दा मीर यार बलोचले रोचक जानकारी दिए। उनले बताए, इरानभित्र पनि जाहेदानका बलुचिस्तान धर्मगुरु अब्दुल हमिदको नेतृत्वमा बलुचिस्तानको स्वतन्त्रताको लागि आन्दोलन चलिरहेको छ तर त्यहाँको यो आन्दोलन एवं प्रदर्शन शान्तिपूर्ण रहेको छ। इरानका बलोचहरूले धर्मप्रति बढी झुकाव राख्थे तर अब उनीहरूमा राष्ट्रवादी विचारहरू प्रभावी भइरहेको छ।

इरानको जनसंख्याको वितरणबारे छलफल गर्दै उनले भने, इरानको जनसंख्याको ५० प्रतिशत गैर-फारसी छ। बलुचहरू बाहेक इरानमा कुर्द, अल-अहवाज, लुर्स, तुर्मेन र अजारी समुदायहरू गैर-फारसी छन् र तिनीहरूले फारसी समुदायका सर्वोच्च नेता अली खामेनीको नेतृत्वको विरोध गर्छन्। मिर यार बलुच अनुसार, इरानको नियन्त्रणमा रहेको बलुचिस्तानको क्षेत्र बन्दर अब्बास र होर्मुजको खाड़ीसम्म फैलिएको छ। यदि यसलाई इरानबाट मुक्त गराइयो भने, फारसको खाड़ी चीनी आक्रमणको खतराबाट मुक्त हुनेछ। विश्वव्यापी शक्तिहरूलाई इरानमा सत्ता परिवर्तनपछि गृहयुद्ध भड्किने आशंका छ तर यदि बलुच योजना पालना गरियो भने, यो सबै शान्तिपूर्ण रूपमा हुन सक्छ।

उक्त योजनाको खुलासा गर्दै उनले भने, यदि खामेनीलाई हटाइएपछि बलुचिस्तानलाई मुक्त गर्नका साथै कुर्दिश, अल-अहवाज, लुर, तुर्मेन र अजारी समुदायलाई उनीहरूको प्रभाव भएका क्षेत्रहरूमा शासन गर्न दिइयो भने इरानमा गृहयुद्धको सम्भावना समाप्त हुनेछ। यसपछि, तेहरानमा गठबन्धन सरकारको स्थापना हुनसक्छ। इरानमा बलुचिस्तान क्षेत्रका प्रमुख शहरहरू जाहेदान, बाम, जिरोफ्ट, इरानशहर, मिनाब र चाबहार हुन्, जहाँ भारत सरकारले इरानसँग मिलेर बन्दरगाह र अन्य विकास परियोजनाहरूलाई लिएर काम गरिरहेको छ।

बलुचिस्तानको भूभागलाई लिएर अफगानिस्तानसँगको विवादबारे सोध्दा मीर यार बलोचले भने, दक्षिणी अफगानिस्तानको हेलमन्ड, निमरोज, फराह र कान्दहारको दक्षिणमा रहेको मरुभूमि क्षेत्रहरूमा बलुच समुदायको बाहुल्य छ भने बलुचिस्तानको चमन, किला अब्दुल्लाह, किला सैफुल्लाह, कुचला र झोब पश्तून बाहुल्य क्षेत्र हो। अफगानिस्तानमा सत्तारुढ तालिबानसँग हामीले यी क्षेत्रहरू साट्नेछौं भन्ने सहमति छ। यसमा कुनै असहमति वा विवाद छैन किनभने पश्तून र बलोचहरूले अंग्रेजहरूद्वारा बनाइएको डुरान्ड रेखा सीमालाई स्वीकार गर्दैनन्।

पाकिस्तानभित्र बलुचिस्तानको क्षेत्रलाई लिएर धारणाहरूलाई दुरूस्त गर्दै मीर यार बलोचले बताए, साधारणतः बलुचिस्तानलाई पाकिस्तानको कूल क्षेत्रफलको 44 प्रतिशत मानिन्छ तर पञ्जाब प्रान्तको डेरागाजी खान, राजनपुर र तोन्सा जिल्लामा बलुचहरूको बाहुल्य छ र यसलाई हामी बलुचिस्तानको भाग मान्छौं। यस बाहेक सिन्धमा कराचीको आधा भाग जसलाई माई कलाची भनन्छ र ल्यारी पनि बलुच बाहुल्य क्षेत्र हो। यस प्रकार पाकिस्तानको कूल क्षेत्रफलको लगभग 64 प्रतिशत भाग बलुचिस्तान हो।

बलुचिस्तानको वर्तमान शासनबारे मिर यार बलुचले भने, बलुच विद्रोहपछि पाकिस्तानी अधिकारीहरू यस प्रान्तमा निष्क्रिय भएका छन्। प्रशासनमा चीनको धेरै हस्तक्षेप छ। कराँचीदेखि ग्वादर बन्दरगाहसम्मको सडकमा सूचना बोर्डहरू उर्दू बाहेक चीनको मन्डारिन भाषामा छन्। चीनी गुप्तचर एजेन्सीहरूले पाकिस्तानीहरूलाई अग्रपंक्तिमा राखेर शासनको लगाम नियन्त्रण गरिरहेका छन्। बलुचिस्तानमा चीनको हस्तक्षेप र चासो बलुचिस्तानको खनिज सम्पत्तिसँग जोडिएको छ साथै ग्वादर बन्दरगाहबाट तेलको सहज आपूर्ति सुनिश्चित गर्नसित पनि जोड़िएको छ। उनले भने, बलुचिस्तानलाई ‘म्यूज़ियम अफ मिनिरल्स’ भनिन्छ जहाँ तेल एवं प्राकृतिक ग्यास बाहेक ६० लाख टन सुनको भण्डार र लिथियम, युरेनियम, तामा, म्याग्नेसियम आदि बहुमूल्य खनिजहरूको ठूलो भण्डार छ। बलुचिस्तानमा दैनिक 33.4 करोड घनफुट ग्यास निकालिँदैछ, जसबाट पाकिस्तानले 42 अर्ब रुपियाँ कमाउँदैछ।

बलुचिस्तानको स्वतन्त्रता आन्दोलनको बारे कुरा गर्दै उनले भने कि हाल पाकिस्तानी शासन अन्तर्गत सेना र लेवीहरू अर्थात् राजस्व विभागका कर्मचारीहरूमा केही भाग पाकिस्तानी पञ्जाबीहरू वा अन्य प्रान्तका मानिसहरू छन्। बलुचिस्तान आन्दोलनको सशस्त्र संगठन बलोच लिबरेशन आर्मी (बीएलए) ले ठूलो क्षेत्रफलमा नियन्त्रण स्थापित गरेको छ। पाकिस्तानी सेनाको मनोबल नराम्ररी टुटेको छ र सेना र लेवीहरूका अधिकारी र कर्मचारीहरू बीएलएको दयामै बाँचिरहेका छन्। अहिलेसम्म ८०० सैनिकहरूले बीएलए समक्ष आत्मसमर्पण गरिसकेका छन्। पुलिस एवं स्थानीय प्रशासनमा बलुचहरूको प्रभुत्व छ र तिनीहरू पनि अप्रत्यक्ष रूपमा आन्दोलनकारीहरूसँग छन्। बीएलएले बलुचिस्तान विरोधी गतिविधिहरूमा संलग्न पाइएका मानिसहरूलाई मात्र लक्षित गरिरहेको छ।

बलुचिस्तानमा हिन्दू र अन्य गैर-मुस्लिम समुदायहरूसँग गरिएको व्यवहारको बारे कुराकानी गर्दै मीर यार बलोचले भने, बलुचिस्तान शताब्दीयौंदेखि हिंगलाज भवानीको स्थान रहेको छ र आज पनि बलुची समुदायले आफूलाई माँ हिंगलाजको सन्तान मान्दछ। उनले भने, हामी माँ हिंगलाजको मन्दिरलाई नानी मन्दिर भन्छौं। त्यहाँ कसैलाई जाति वा धर्म सोधिँदैन। सबै जना माँ कहाँ कामना गर्न जान्छन् र माँले सबैको कामना पूरा गर्छिन्। मानिसहरूलाई सन्तान, सुख र समृद्धि प्राप्त हुन्छ। उनले भने, बलुचिस्तानमा हामी हिन्दूहरूका रक्षक हौं। यदि कुनै हिन्दूलाई हानि पुग्यो भने हामी उनीहरूको तर्फबाट दोहोरो बदला लिन्छौं। बीएलएले स्पष्ट रूपमा घोषणा गरेको छ कि जसले हिन्दूलाई निशाना बनाउँछ उसलाई बलुचको शत्रु मानिनेछ। उनले भने कि हिंगलाज भवानीको मन्दिर मात्र होइन बलुचिस्तानमा अवस्थित 50 भन्दा बढी मन्दिरहरूको पनि संरक्षण र देखरेख गर्नु हाम्रो जिम्मेवारी हो।

भारतबाट बलुच कार्यकर्ताहरूको अपेक्षा र बलुचिस्तानको मुक्ति संघर्षको लागि अन्तर्राष्ट्रिय समर्थनको मुद्दामाथि छलफल गर्दा मीर यार बलुच भन्छन् कि यो आन्दोलनलाई भारत सहित कुनै पनि विदेशी देशबाट समर्थन प्राप्त भइरहेको छैन। बलुचहरूले आफ्नो बुतामा सम्पूर्ण संघर्ष लडिरहेका छन्। यस आन्दोलनको रणनीतिक महत्त्वको उल्लेख गर्दै उनले भने, यदि पूर्ण रूपमा स्वतन्त्र र सम्प्रभु बलुचिस्तान अस्तित्वमा आयो भने सबैभन्दा ठूलो कुरा यो हुनेछ कि अरब सागर वा होर्मुज जलडमरूसँग चीनको सम्पर्क पूर्ण रूपमा समाप्त हुनेछ अर्थात् चीनको तेल आपूर्ति शृङ्खला तोडिनेछ। इरानमा परिवर्तनपछि इजरायलले पनि राहतको सास लिनसक्नेछ। पाकिस्तानले भूभाग गुमाउनुको साथै, यसको आम्दानीको स्रोत पनि समाप्त हुनेछ। एक प्रश्नको जवाफमा उनले भने, बलुचहरूको यहूदीहरूसँग कुनै शत्रुता छैन। हाम्रो इजरायलीहरूसँग पनि राम्रो सम्बन्ध छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानसँग तेल अन्वेषण र मार्केटिङ सम्झौताको घोषणा गर्नबारे प्रश्न गर्दा मीर यार बलोचले आफ्नो संगठनका नेता हाइर्बायर मारीको हालको बयानको उल्लेख गरे जसमा उनले अमेरिकी राष्ट्रपतिलाई स्पष्ट रूपमा चेतावनी दिएका छन् कि पाकिस्तानको सैन्य नेतृत्वले उनलाई भ्रमित गरेको छ। सम्झौतामा कुरा गरिएको तेल, प्राकृतिक ग्यास, तामा, लिथियम, युरेनियम र दुर्लभ पृथ्वी खनिज भण्डार वास्तविक पाकिस्तानको नभएर बलुचिस्तान गणतन्त्रको हो, जुन ऐतिहासिक रूपमा एक सार्वभौम राष्ट्र हो र हाल पाकिस्तानको अवैध कब्जामा छ। उनले भने, अमेरिकाले गरेको कुनै पनि यस्तो सम्झौता पाकिस्तानको कट्टरपन्थी सेना, अल-कायदा र अफगानिस्तानमा हजारौं अमेरिकी सैनिकहरूको मृत्युको लागि जिम्मेवार विभिन्न प्रोक्सी समूहहरूलाई प्रायोजित गर्ने कुख्यात एवं दुष्ट आईएसआईलाई खरबौं डलरको खनिज भण्डारको दोहन गर्ने अनुमति दिनु एक गम्भीर रणनीतिक गल्ती हुनेछ।

फ्री बलुचिस्तान आन्दोलनका नेताले एक्समा एक पोस्टमा अमेरिकी राष्ट्रपतिलाई चेतावनी दिएका छन् कि यो सम्झौताले आईएसआईलाई आफ्नो विश्वव्यापी आतंकवादी सञ्जाल विस्तार गर्न आर्थिक बल दिनेछ र यसको प्रयोग भारत विरोधी र इजरायल विरोधी जेहादी समूहहरूलाई बलियो बनाउनमा गरिनेछ, जसले दक्षिण एशिया र व्यापक अन्तर्राष्ट्रिय प्रणालीलाई अझ् अस्थिर बनाउनेछ। हाइर्बायर मारीले स्पष्ट रूपमा भने, पाकिस्तानको बलुचिस्तानको शोषण रोक्नु बलुचिस्तानका जनताको लागि न्यायको कुरा मात्र होइन, विश्वव्यापी सुरक्षाको कुरा पनि हो। यसमा कुनै शंका छैन। बलुचिस्तान बिक्रीको लागि होइन। हामी पाकिस्तान, चीन वा अन्य कुनै पनि विदेशी शक्तिलाई बलुचिस्तानका जनताको स्पष्ट सहमति बिना हाम्रो भूमि वा यसको स्रोतहरूको शोषण गर्न दिनेछैनौं। उनले थप भने, हाम्रो सार्वभौमिकतासित सम्झौता गर्न सकिँदैन र उचित स्वामित्व एवं स्वतन्त्रताको लागि हाम्रो संघर्ष सम्मान र दृढ संकल्पका साथ जारी रहनेछ। हामी अमेरिका सहित अन्तर्राष्ट्रिय समुदायलाई यी वास्तविकताहरूको पहिचान गर्ने र आफ्नो मातृभूमि र प्राकृतिक स्रोतहरूमाथि स्वतन्त्रता र नियन्त्रणको लागि बलुचिस्तानका जनताको वैध आकांक्षालाई समर्थन गर्ने अपील गर्दछौं।

मीर यार बलोचले आशा व्यक्त गर्दै भने, अमेरिकी नेतृत्व र अन्य विश्वव्यापी शक्तिहरूले यस खतराको पहिचान गर्नेछन् र आतंकवादी खतराबाट विश्वलाई स्थायी रूपमा बचाउन बलुचिस्तानको स्वतन्त्रताको महत्त्वलाई स्वीकार गर्नेछन्।

हिन्दुस्थान समाचार / भवानी थामी

You Might Also Like

पाकिस्तानमा गोबर करको प्रस्तावले तरंग, पञ्जाब सरकार नयाँ पशु शुल्क नीतिका कारण आलोचनामा
नेपालः गत 72 घण्टामा 450 भन्दा धेरै आफ्टर शक, 10 तीव्र झट्का
ट्रम्पको म्याक्रोनमाथि व्यक्तिगत टिप्पणीले कूटनीति, शिष्टाचार र राजनीतिक सीमामा विश्वव्यापी बहस छेड्यो
स्पेनमा इच्छामृत्यु: लामो कानुनी संघर्षपछि महिलाले जीवन अन्त्य गरिन्।
बेलायती आणविक पनडुब्बी अखडा नजिक कडा सुरक्षाबीच दुई पक्राउ

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article कोलकातामा फेरि ढल्यो जीर्ण भवन, काँकुड़गाछीमा दुई नानीहरू सहित छह जना घाइते
Next Article प्रधानमन्त्री मोदीले वाराणसीबाट दिए किसानहरूलाई ठूलो सौगात, पीएम किसान सम्मान निधिको 20औं किस्ती जारी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?