गान्तोक, 1 अगस्त (हि.स.)।सिङतामस्थित लाल बजारमा बिहारी समुदायद्वारा मनाइने परम्परागत अष्टजाम पूजा यस वर्ष पनि श्रद्धाका साथ सम्पन्न गरिएको छ। पछिल्लो २५ वर्षदेखि निरन्तर रूपमा मनाउँदै आइरहेको यस पूजालाई यो वर्ष पनि समाजका अग्रज तथा श्रद्धालुहरूको सक्रिय सहभागितासहित बिहिवार विधिपूर्वक सम्पन्न गरियो।
पूजामा २४ घण्टा लामो हरे राम हरे कृष्ण नामजप तथा हवन गरिएको थियो। पूजाको प्रारम्भसँगै मण्डपमा निरन्तर रूपमा श्रद्धालुहरू पालैपालो उपस्थित रही परिक्रमा गर्ने परम्परालाई पनि यसपटक पूर्ववत् रूपमा सम्मानपूर्वक पालना गरिएको थियो।
यस वर्षको अष्टजाम पूजाको आयोजनामा जजमान बेन कुमार प्रधान लगायत अन्य समुदायका वरिष्ठ सदस्यहरूको उल्लेखनीय भूमिका रहेको थियो। उनीहरूको समर्पण र नेतृत्वले पूजालाई अझै व्यवस्थित र भव्य बनाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।
—————
हिन्दुस्थान समाचार / बिशाल
