मानमा बिहारको दरभंगा हवाईअड्डा पुगे। यहाँ उनले भाजपा कार्यकर्ताहरूलाई भएटेपटना, 18 जुलाई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी केही बेर अगाड़ी विशेष वि । यसपछि हेलीकप्टरमा मोतिहारीको निम्ति प्रस्थान भए। मोतिहारीमा उनले 7,217 करोड़ रुपियाँको लागतका विभिन्न परियोजनाहरूको लोकार्पण एवं शिलान्यास गर्नेछन्।
प्रधानमन्त्रीले यस अवधि चार नयाँ अमृत भारत एक्सप्रेस ट्रेनहरूलाई भर्चुअली हरियो झण्डा देखाएर प्रस्थान गराउनेछन्। साथै रेलवेका अन्य परियोजनाहरूको पनि आधारशिला राख्नेछन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको बिहार आगमनमा मुख्यमन्त्री नीतीश कुमारले एक्स पोस्टमा आफ्नो विचार साझा गरेका छन्।
उनले भनेका छन्, प्रधानमन्त्री मोदीको उपस्थितिमा विकसित भारतको निम्ति विकसित बिहारको परिकल्पना अन्तर्गत बिहारको मोतिहारी जिल्लामा आज 7200 करोड़ रूपियाँभऩ्दा अधिकको रेल, सड़क, मत्स्य, ग्रामीण विकास र सूचना प्रौद्योगिकीसित जोड़िएका विकास परियोजनाहरूको शिलान्यास एवं उद्घाटन गरिनेछ। साथै चार नयाँ अमृत भारत एक्सप्रेस ट्रेनहरूको शुभारम्भ पनि गरिनेछ।
मुख्यमन्त्रीले भने, बिहारको धरतीमा प्रधानमन्त्रीको स्वागत छ। राज्यको विकासलाई गति दिनमा यी परियोजनाहरू महत्वपूर्ण प्रमाणित हुनेछन्। प्रधानमन्त्रीलाई बिहारको हितमा यस महत्वपूर्ण पहलको निम्ति हृदयबाट आभार एवं अभिनन्दन। बिहार नित नयाँ शिखरहरूसम्म पुगोस्, यो हाम्रो उद्देश्य हो।
हिन्दुस्थान समाचार / भवानी थामी
