• English
  • Hindi
  • Punjabi
  • Marathi
  • German
  • Gujarati
  • Urdu
  • Telugu
  • Bengali
  • Kannada
  • Odia
  • Assamese
  • Nepali
  • Spanish
  • French
  • Japanese
  • Arabic
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
Notification
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Home
  • Noida
  • Breaking
  • National
    • New India
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
  • Noida
  • Breaking
  • National
  • International
  • Entertainment
  • Crime
  • Business
  • Sports
CliQ INDIA Sites > CliQ INDIA Nepali > Regional > मुख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमलाई 23औं स्थापना दिवसको बधाई दिए
Regional

मुख्यमन्त्रीले प्रेस क्लब अफ् सिक्किमलाई 23औं स्थापना दिवसको बधाई दिए

CliQ INDIA
Last updated: July 17, 2025 11:40 am
CliQ INDIA
Share
3 Min Read
SHARE

– स्वतन्त्र प्रेस स्वस्थ लोकतन्त्रको अभिन्न अंग: मुख्यमन्त्री

गान्तोक, 16 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले 23औं स्थापना दिवसको अवसरमा प्रेस क्लब अफ् सिक्किमका सदस्यहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा वर्षौंदेखि प्रेस क्लब अफ् सिक्किमले मानिसहरूलाई जानकारी दिन र प्रेरित गर्न अथक प्रयास गरिरहेका पत्रकारहरूलाई एकसाथ ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। उनले यो स्थापना दिवस उत्सव र आत्म-मूल्याङ्कनको पनि समय रहेको बताएका छन, जसले पत्रकारहरूलाई विचार आदानप्रदान गर्न, विगतका गतिविधिहरूमा चिन्तन गर्न र भविष्यका लागि सम्भावना र चुनौतीहरू छलफल गर्न अवसर प्रदान गर्दछ।

मुख्यमन्त्रीले आफ्नो सन्देशमा स्वतन्त्र प्रेस स्वस्थ लोकतन्त्रको अभिन्न अंग रहेको बताउॅंदै वर्तमान सरकार राज्यका मिडियाकर्मीहरू र मिडिया हाउसहरूको सुरक्षा र समृद्धि सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनले राज्य सरकारले सिक्किममा स्वतन्त्र, गतिशील र सशक्त पत्रकारिता पारिस्थितिक प्रणालीलाई बढावा दिन निरन्तर काम गरिरहेको छ भन्दै प्रेस क्लब अफ सिक्किमसँगको समन्वयमा धेरै अग्रगामी नीतिहरू, संस्थागत समर्थनहरू र मिडिया आउटरिच कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी गराएका छन्।

प्रेस क्लब अफ् सिक्किमको भवनको लम्बित माग पूरा भएको बताउॅंदै मिडिया जगतले यी सुविधाहरूको उत्तम उपयोग गरिरहेको छ भनी विश्वास व्यक्त गरेका छन्। मुख्यमन्त्रीले जलवायु परिवर्तन, मानव अधिकार र महिला मुद्दाहरू सहित विभिन्न क्षेत्रका पत्रकारहरूलाई सम्मान गर्न नयॉं पुरस्कारहरूको स्थापना गरेको पनि अवगत गराएका छन्। यसरी नै सरकारले प्रेस क्लब अफ् सिक्किमलाई यसका सदस्यहरूको यात्रा आवश्यकताहरू सहज बनाउन 17 सिटको गाडी पनि प्रदान गरेको उनले बताएका छन्।

मुख्यमन्त्री तामाङले हाम्रा अनुभवी पत्रकारहरूको अथक प्रयासलाई सम्मान गर्न राज्य सरकारले स्वतन्त्रता दिवसमा वार्षिक रूपमा प्रदान गरिने टिस्टा रङ्गीत अविरल कलाम पुरस्कार स्थापना गरेको बताएका छन्। उनले कञ्चनजङ्गा कलाम पुरस्कार र लगनशील युवा पत्रकार पुरस्कार राशि बढाएर क्रमशः 1 लाख 1 हजार र 51 हजार बनाएको पनि जानकारी गराएका छन्। यस अतिरिक्त, 2024 मा विज्ञापन दरहरू परिमार्जन र वृद्धि गरिएको पनि उनले बताएका छन्।

मुख्यमन्त्रीले राज्यका 90 मान्यता प्राप्त पत्रकारहरूलाई स्वास्थ्य बीमा कभरेजको सुविधा प्रदान गरिएको र सेवानिवृत्त पत्रकारहरूलाई पेन्सन सहयोगको लागि पत्रकार सम्मान योजना शुरु गरिएको आफ्नो सन्देशमा उल्लेख गरेका छन्। उनले योजना अन्तर्गत प्रेस क्लब अफ् सिक्किम मार्फत वरिष्ठ पत्रकारहरूलाई ₹20 लाख अनुदान प्रदान गरिएको अवगत गराएका छन्।

मुख्यमन्त्री तामाङले ठूलो सम्मानका साथ ठूलो जिम्मेवारी पनि आउँछ भन्दै मानिसहरूलाई जानकारी गराउन र शिक्षित गर्न तथा चौथो स्तम्भमा जनताको विश्वास र बढ्दो अपेक्षा कायम राख्न पत्रकारहरूलाई सबै प्रयास गर्न आह्वान गरेका छन्। उनले सिक्किम र राज्यका जनताको शान्ति, प्रगति र समृद्धि प्रदर्शन गर्न मिडिया क्षेत्रको बढीभन्दा बढी प्रयोग होस् भनी शुभकामना पनि व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल

You Might Also Like

डीए आन्दोलनः नवान्न नजिक भिड़े पुलिस र प्रदर्शनकारी
मुख्यमन्त्री ममता ब्यनर्जीको कड़ाइ पश्चात 180 भूमि रेकर्ड अधिकारीहरूको स्थानान्तरण | BulletsIn
आगामी पञ्चायत सम्मेलनलाई सीएपीले बतायो औचित्यहिन
भुसुक किरावा समितिको सप्ताहव्यापी सिली कार्यशाला समापन, 30 जना युवाले दिए प्रशिक्षण
धावक शान्तिराम नेपाल 29 राज्यहरूको असाधारण म्याराथन यात्रामा प्रस्थान | BulletsIn

Sign Up For Daily Newsletter

Be keep up! Get the latest breaking news delivered straight to your inbox.
[mc4wp_form]
By signing up, you agree to our Terms of Use and acknowledge the data practices in our Privacy Policy. You may unsubscribe at any time.
Share This Article
Facebook Whatsapp Whatsapp Telegram Copy Link Print
Share
What do you think?
Love0
Sad0
Happy0
Angry0
Wink0
Previous Article बंगालीहरूमाथि कथित अत्याचारको विरोधमा ममता-अभिषेकको पदयात्रा
Next Article बिहारवासीहरूलाई नीतीश सरकारको भेट, पहिलो अगस्तदेखि 125 यूनिट बिजुली निःशुल्क
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected

FacebookLike
XFollow
InstagramFollow
YoutubeSubscribe
- Advertisement -
Ad imageAd image

Latest News

रुपैयाँको गिरावट र कच्चा तेलको बढ्दो मूल्यका बीच भारतीय शेयर बजार रातो रंगमा खुलेको छ ।
Business
May 23, 2026
महाराष्ट्रको कदमपछि केन्द्रले कांग्रेस शासित राज्यहरूलाई हवाई इन्धनमा भ्याट घटाउन आग्रह गर्यो
National
May 23, 2026
सर्वोच्च अदालतले आर्थिक रूपमा उन्नत ओबीसी परिवारका लागि आरक्षित सुविधाको निरन्तरतामाथि प्रश्न उठायो
National
May 23, 2026
लखनऊ सुपर जायंट्स र पञ्जाब किंग्स आईपीएल २०२६ को उच्च जोखिमको सामनाका लागि तयार
Sports
May 23, 2026

//

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

We are rapidly growing digital news startup that is dedicated to providing reliable, unbiased, and real-time news to our audience.

Sign Up for Our Newsletter

Sign Up for Our Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Follow US

Follow US

© 2026 cliQ India. All Rights Reserved.

CliQ INDIA Nepali
  • English – अंग्रेज़ी
  • Hindi – हिंदी
  • Punjabi – ਪੰਜਾਬੀ
  • Marathi – मराठी
  • German – Deutsch
  • Gujarati – ગુજરાતી
  • Urdu – اردو
  • Telugu – తెలుగు
  • Bengali – বাংলা
  • Kannada – ಕನ್ನಡ
  • Odia – ଓଡିଆ
  • Assamese – অসমীয়া
  • Nepali – नेपाली
  • Spanish – Española
  • French – Français
  • Japanese – フランス語
  • Arabic – فرنسي
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?