कार्बी आंगलोंग, 11 जुलाई (हि.स.)। हिल्स पिपल्स कल्चरल फोरम (एचपीसीएफ)-ले डिफुस्थित आफ्नो कार्यालयमा मीडियालाई सम्बोधन गर्दै भर्खरै कार्बी आंगलोंगको भ्रमणमा आएका प्रदेश कंग्रेस अध्यक्ष एवं सांसद गौरव गोगोईको आलोचना गरे।
एचपीसीएफका पदाधिकारीहरूले मीडियासित गए बिहीवार अबेर साझ बातचित गर्दै कंग्रेसका नेता तथा सांसद गौरव गोगोईको कार्बी आंगलोंग भ्रमणलाई लिएर आफ्नो मन्तव्य व्यक्त गरे। फोरमले भन्यो, गोगोईले विकास अनि शान्तिको मुद्दामाथि ध्यान दिनको सट्टा कार्बी आंगलोंगको जनजातिय समाजमा शान्ति बिथोल्ने चेष्टा गरिरहेका छन्।
उनले विशेष रूपमा गोगोईद्वारा कार्बी आंगलोंग स्वायत्तशासित परिषदका मुख्य कार्यकारी सदस्य (सीईएम) डा. तुलीराम रांगहांगको निजी निवास अगाड़ि भीडियो बनाएर यूट्यूबरले जस्तै व्यवहार गर्दै निन्दा गरिएकोमा उनले भने, यस प्रकारको आचरण एक जना वरिष्ठ राजनेताको निम्ति उचित होइन।
फोरमले यो पनि भन्यो, कंग्रेस सरकारको शासनकालमा कार्बी आंगलोंगमा विकास वा शान्तिको कुनै प्रदर्शन देखिएन। हिल्स पिपल्स कल्चरल फोरमको दाबी छ, वर्तमान भाजपा सरकारको समयमा क्षेत्रमा स्पष्ट विकास अनि शान्तिको वातावरण स्थापना भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा
